23/08/2026
राष्ट्रिय मा. वि. तेक्वान्दो डोजाङमा मिति २०८३ साल भाद्र ६ गते आयोजना गरिएको जुनियर ग्रेडिङ परीक्षा अत्यन्तै उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको छ। यस महत्वपूर्ण अवसरमा खेलाडीहरूको कडा मेहनत, लगनशीलता र खेलप्रतिको निष्ठा स्पष्ट रूपमा झल्केको थियो।
ट्रेनिङमा उत्कृष्ट अनुशासन र उच्चस्तरको खेल भावना प्रदर्शन गर्दै उदाहरणीय बनेका जुझारु खेलाडी "युनिश राई (Unish Rai)" र "इशानी चौधरी (Ishani Chaudhary)" लाई विशेष सम्मान गरिएको थियो। उनीहरूको यो अनुशासित प्रदर्शनले अन्य नव-खेलाडीहरूका लागि समेत प्रेरणाको काम गरेको छ।
साथै, यसै विशेष समारोहका बीच कडा परिश्रमपश्चात ब्ल्याक बेल्ट प्रथम डान (1st DAN) र दोश्रो डान (2nd Dan) को उपाधि हासिल गर्न सफल योग्य विद्यार्थीहरूलाई आधिकारिक रूपमा प्रमाणपत्र वितरण गरियो।
यस सफल तथा भव्य कार्यक्रममा प्रमुख परीक्षक (Examiner) को रूपमा कुशल भूमिका " विपिन कार्की " निभाउनुभएको थियो भने, प्रशिक्षक (Instructor) " दिनेश भुजेल " रहनु भएको थियो। सम्पूर्ण उत्तीर्ण खेलाडीहरूलाई उज्ज्वल भविष्यको लागि हार्दिक बधाई तथा शुभकामना!
Shree Rastriya Secondary School, Itahari-1
Masťer Đinesh
fans