17/02/2023
तरबुजा Cucurbitaceae परिवारको सदस्य हो, जसको वैज्ञानीक नाम Citrullus lanatus रहेको छ । यसवर्ग अन्तर्गत काक्रा ,फर्सी ,इस्कुस लगायत अन्य बिरुवाहरु पर्ने गर्छन् ।तरबुजा अफ्रिकाको रैथाने बाली हो । तर्भुजा भारतमा सातौ सताब्दिमा उत्पादन गरिएको थियो भने चीनमा १०औ सताब्दिमा सुरु भएको थियो। १७औ सताब्दी सम्म भने यो यूरोपमा व्यापकरुपमा उत्पादन हुन सुरु भयो र न्यानो तापक्रम भएको ठाउमा यो बालि वर्षेनी लगाउन थालिए । सिराहा ,सर्लाही, झापा ,कपिलवस्तु नेपालको प्रमुख तर्बुजा उत्पादन हुने जिल्लाहरु हुन । नेपालमा मौसमी तर्बुजा खेती गर्दा यस्को सरदर उत्पादकत्व २१.७० मे. टन प्रती हेक्टर रह्को छ। तरबुजाका भाले र पोथी फुलहरु एउटै बोटमा तर फरक ठाँउ मा हुन्छन् ।यो फल क्यारोटिनॉयड र भिटामिन ए जस्ता तत्वहरुको महत्त्वपुर्ण माध्यम हो। यसमा फाइबर पनि पाइन्छ जसले पाचनशक्तिको विकास गर्न मद्धत पुर्याउछ। तरबुजाको सेवन गर्नाले मोटोपन, मुटुरोग र अन्य थुप्रै मृत्युजन्य रोगहरुका लागि लाभदायक मानिन्छ । सरस्वती , लक्ष्मी , किरण , सुगर कुईन लगाएतका प्रजातिहरु नेपालमा लोकप्रिय छन ।
उन्नत खेति प्रविधि:
व्याडको तयारि:
बिरुवा पिट्मोस अथवा पोली ब्याग मा जमाइन्छ । पिट्मोस तरबुजाका बिजहरुको अंकुरणका लागि राम्रो माध्यम हो। यसले बिरुवालाइ चाहिने पोषक तत्वहरु ३५ दिन सम्मको लागि प्रदान गर्न सक्छ । सामान्यतया एक कठ्ठामा बिरुवा उब्जाउन १.५ के. जि. पिट्मोस चाहिन्छ । यसलाइ बिरुवा उब्जाउने ट्रेमा राखेर प्रयोग गर्न सकिन्छ । बेर्ना २०-२५ दिनमा सार्नको लागि तयार हुन्छ ।
बीउ दर:
तर्बुजा खेती गर्न एक हेक्टरको लागि ३०० देखि ३५० ग्राम बिउको आवश्यकता पर्दछ ।
बिरुवा अवस्थामा गर्नुपर्ने हेरचाह:
बीउलाइ एक रात भरि पानीमा भिजाउने र छायाँमा सुकाउनाले बिरुवा छिटो उम्रने सम्भावना बढाउँछ। त्यसै गरि बिज अंकुरण हुनका लागि ५-६ दिन चाहिन्छ। उचित सुर्य किरण र सिंचाइको तालमेल मिलाई काम गर्नुपर्छ। सुर्य किरणको कमी र पानी धेरै भएको अवस्थामा बिरुवा कमजोर हुन्छ।
माटो:
तर्बुजाको लागि प्राङ्गारिक वस्तुमा प्रसस्त भयेको बलौटे दोमट माटो सबै भन्दा राम्रो मानिन्छ। यस सङसङै बेर्ना सारिएको जमिनमा जल निकासको उचित ब्यबस्था हुनु पनि जरुरी हुन्छ। यसका लागि माटो को पी।एचको मान ५.५ देखि ६.६ सम्म उचित रहन्छ ।
cr: Dinesh Jr