देउराली युवा क्लब - D.Y.C

  • Home
  • Nepal
  • Ilam
  • देउराली युवा क्लब - D.Y.C

देउराली युवा क्लब - D.Y.C One team🔸One dream🔸One Family
देउराली युथ क्लब,दे.न.पा.-१

एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएपछि साम्बाले दर्शकसमक्ष सहयोगको अपिल गरेकी छन्। 💔 नेपाली राष्ट्रिय महिला फुटबल टोलीक...
23/02/2026

एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएपछि साम्बाले दर्शकसमक्ष सहयोगको अपिल गरेकी छन्। 💔

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान Sabitra Bhandari (साम्बा) ले गम्भीर घुँडाको चोटका कारण पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आर्थिक सहयोगको अपिल गरेकी छन्।

पछिल्लो ७ हप्तादेखि मैदानबाहिर रहेकी उनले यसअघि गरिएको एसीएल ग्राफ्ट र एमसिएलमा पुनः गम्भीर चोट लागेको जानकारी दिइन्। उपचारका लागि जटिल शल्यक्रिया र ७–८ महिना लामो रिह्याब आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ, जसका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताइएको छ।

यसअघि एन्फाको पहलमा उपचार भएको स्मरण गराउँदै यसपटक अपेक्षित प्रशासनिक सहयोग नपाएको उनको भनाइ छ। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरे पनि त्यो रकम अपुग हुने भएपछि उनले स्वदेश तथा विदेशमा रहेका समर्थकसँग सहयोगको आग्रह गरेकी हुन्।

“थाकेको हो, हारेको छैन,” भन्दै साम्बाले पुनः नेपाली जर्सी लगाएर मैदान फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Sabitra Bhandari (‘Samba’) Appeals for Support for Knee Surgery

Nepal women’s national football team captain Sabitra Bhandari has appealed for financial support after sustaining a serious knee injury that requires complex surgery.

Bhandari, who has been sidelined for the past seven weeks, revealed that both her previous ACL graft and MCL have suffered significant damage. Doctors have recommended another major surgery followed by 7–8 months of rehabilitation. The estimated cost of treatment is around USD 80,000.

While her club is prepared to release available insurance funds, the amount is insufficient to cover the full surgery and rehabilitation expenses. She also stated that the expected administrative support from the All Nepal Football Association did not materialize this time, leading to delays in her treatment process.

As a result, Bhandari has reached out to supporters in Nepal and abroad for assistance. Despite the setback, she remains determined to return to the pitch, stating that she is “tired, but not defeated,” and is committed to wearing the Nepal jersey once again.

🙏 हार्दिक धन्यवाद 🙏देउराली युथ क्लबका आदरणीय अभिभावकश्री फुर्बा शेर्पा ज्यु तथा वहाँको सम्पूर्ण परिवार (देउराली) लेहाम्र...
26/01/2026

🙏 हार्दिक धन्यवाद 🙏
देउराली युथ क्लबका आदरणीय अभिभावक
श्री फुर्बा शेर्पा ज्यु तथा वहाँको सम्पूर्ण परिवार (देउराली) ले
हाम्रो टिमलाई जर्सी प्रायोजन गरी दिनु भएको अमूल्य सहयोगप्रति
देउराली युथ क्लब परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।
वहाँहरूको यो साथ र माया हाम्रो लागि ठूलो प्रेरणा हो। यस्ता अभिभावकहरूको हौसलाले नै युवाहरू अझ अनुशासित, जिम्मेवार र सफल बन्न प्रेरित हुन्छन्।
वहाँ तथा वहाँको परिवारमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। 🙏
– देउराली युथ क्लब परिवार
दे.न.पा-१ देउराली बजार।

“Not a lose, it was a lesson.”Football ma हार्यौ होला, तर यो खेलले हामीलाई जीवनकै ठूलो पाठ सिकायो।मैदानमा खेल्दा मात्र ह...
14/01/2026

“Not a lose, it was a lesson.”
Football ma हार्यौ होला, तर यो खेलले हामीलाई जीवनकै ठूलो पाठ सिकायो।
मैदानमा खेल्दा मात्र होइन, बाहिरको व्यवहारले पनि मान्छे चिन्ने मौका दियो।
Coach बाट discipline, patience र हारलाई कसरी स्वीकार गर्ने भन्ने कुरा सिक्यौ।
Captain बाट जिम्मेवारी, दबाबमा पनि टिमलाई सम्हाल्ने कला र एकता कति महत्त्वपूर्ण हुन्छ भन्ने थाहा भयो।
Manager बाट planning, management र शब्दभन्दा काम ठूलो हुन्छ भन्ने बुझाइ आयो।
यता खेल्न जाँदा ‘सहयोग गर्छु’ भन्ने धेरै थिए, तर समय आउँदा साथ कमै रहे।
त्यही कमीले अझ स्पष्ट बनायो—भरोसा कसलाई गर्ने र कसलाई शब्दमै छोड्ने।
Score board ले हार देखायो होला, तर हामीले अनुभव, आत्मविश्वास र जीवनका lesson जित्यौ।
आज goal छुट्यो, तर आँखामा सत्य खुल्यो।
हार अन्त्य होइन, यो त अझ परिपक्व भएर फर्किने तयारी हो। ⚽🔥
Semi final को यात्रा सम्म पुगिन्जेल साथ दिनु हुने सम्पुर्णलाई हार्दिक धन्यबाद।🙏
जय D.Y.C

खान्द्रुङ F.C जारी प्रथम सुम्निमा पारुहाङ कप मा देउराली युथ क्लबले लगातर जित हासिल गर्दै अगाडि बढिरहँदा, टाढा बसेर पनि म...
12/01/2026

खान्द्रुङ F.C जारी प्रथम सुम्निमा पारुहाङ कप मा देउराली युथ क्लबले लगातर जित हासिल गर्दै अगाडि बढिरहँदा, टाढा बसेर पनि मनले साथ दिनुहुने हाम्रो आफ्नै देउराली निवासी ओङ्छु शेर्पाले रु. ५०७० को अमूल्य सहयोग गर्नु भएको छ।
मञ्चमा हामी खेलिरहँदा, पर्दा पछाडि तपाईं जस्ता मनका धनी सहयोगीहरू हुनु नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।
“अझ राम्रो गर” भन्ने तपाईंको हौसला र विश्वासले हाम्रो जोश दोब्बर बनेको छ।
तपाईंको साथ, विश्वास र सहयोगप्रति देउराली युथ क्लब परिवार हृदयदेखि नै आभारी छ।
यस्तै साथ र आशीर्वाद रहिरहोस्—जित मात्र होइन, उदाहरणीय खेल भावना पनि जितिरहनेछौं। 🙏⚽🏆
धन्यवाद ओङ्छु दाई!
जय देउराली युथ क्लब ✊

खान्द्रुङ F.C द्वारा आयोजित प्रथम सुम्निमा पारुहाङ कपमा आज भएको quarter final खेलमा हाम्रो टिम देउराली F.C ले P.P.F.C ला...
12/01/2026

खान्द्रुङ F.C द्वारा आयोजित प्रथम सुम्निमा पारुहाङ कपमा आज भएको quarter final खेलमा हाम्रो टिम देउराली F.C ले P.P.F.C लाई ४ को विरुद्ध ६ गोल गर्दै देउराली F.C Semifinal प्रवेश गर्न सफल भएको छ।
team❤️

खान्द्रुङ F.C द्वारा आयोजित प्रथम सुम्निमा पारुहाङ कपमा आज भएको दोश्रो चरणको खेलमा हाम्रो टिम देउराली F.C ले सिम्सारा F....
11/01/2026

खान्द्रुङ F.C द्वारा आयोजित प्रथम सुम्निमा पारुहाङ कपमा आज भएको दोश्रो चरणको खेलमा हाम्रो टिम देउराली F.C ले सिम्सारा F.C लाई २ को विरुद्ध ७ गोल गर्दै दोश्रो चरण पार गर्न सफल भएको छ।
team❤️

खान्द्रुङ मा जारी परुहाङ सुम्निमा कपमा आज भएको पहिलो चरणको खेलमा हाम्रो देउराली F.C ले साब्जुङ लाई २ को विरुद्ध ६ गोल गर...
10/01/2026

खान्द्रुङ मा जारी परुहाङ सुम्निमा कपमा आज भएको पहिलो चरणको खेलमा हाम्रो देउराली F.C ले साब्जुङ लाई २ को विरुद्ध ६ गोल गर्दै दोश्रो चरणमा प्रबेश गर्न सफल भएको मा हार्दिक बधाई साथै आगामी खेलको लागि सुभकामना।❤️

Follow us for more in tiktok⚽️🤝
24/09/2025

Follow us for more in tiktok⚽️🤝

2337 Followers, 813 Following, 17.9k Likes - Watch awesome short videos created by D.Y.C

कठिन अभ्यास, पसिनाको थोपामा बगाएको मेहनत र हारबाट सिकेको अनुभवले नै हामीलाई विजयको शिखरमा पुर्‍याउँछ।देउराली युवा क्लब -...
19/09/2025

कठिन अभ्यास, पसिनाको थोपामा बगाएको मेहनत र हारबाट सिकेको अनुभवले नै हामीलाई विजयको शिखरमा पुर्‍याउँछ।देउराली युवा क्लब - D.Y.C

08/06/2025

"Rain or shine, mud or glory — true football lovers turn the ground into a battlefield, even if it feels like a pond! ⚽🌧️💪"

JAY FOOTBALL ⚽

Address

Deurali
Ilam

Website

Alerts

Be the first to know and let us send you an email when देउराली युवा क्लब - D.Y.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share