12/04/2026
मिति २०८२/ १२/२८ गते शनिबारका दिन श्रम सस्कृति पार्टी
माई नगरपालिका वडा नम्बर ७ कार्यसमिति द्वारा आयोजना
गरिएको श्रमदान कार्यक्रम हाम्रै माइ ७ स्थित माई खोला पूल
देखि सुरु भएर लक्ष्मी चौक को बाटोमा रहेको नाली सरसफाई
गर्ने श्रमदान कार्यमा हामी लक्ष्मी युथ स्पोर्टिङ क्लबको युवा
साथीभाईको समेत सहभागिता रहेको थियो ।
लक्ष्मी युथ स्पोर्टिङ क्लबले पहिले देखि नै गाउँको स्वच्छता र
वातावरणीय सरसफाइलाई बढावा दिदै आइरहेकोमा यस
कार्यक्रमको आयोजना गर्नु भएकोमा श्रम सस्कृति पार्टी माई
नगरपालिका वडा नम्बर ७ कार्यसमिति प्रति हार्दिक कृतज्ञता
व्यक्त गर्दै हाम्रो कार्य कुनै पार्टि बिशेष नभै पूर्ण रुपमा हाम्रो
समाजप्रति रहेको कुरा जानकारी गराउदछौँ |
आगामी दिनमा हाम्रा गाउँका बुद्दिजिवी तथा सरोकारवाला हरुको समेत उपस्थितिको अपेक्षा राखेका छौँ ।
❤️