जिल्ला खेलकुद बिकास समिति गाेरखा

  • Home
  • Nepal
  • Gorkha
  • जिल्ला खेलकुद बिकास समिति गाेरखा

जिल्ला खेलकुद बिकास समिति गाेरखा जिल्ला खेलकुद बिकास समिति गाेरखाकाे अधिकारिक पेजमा तपाईलाई स्वागत छ ।

15/06/2026

Opening ceremony Lamagaun 7Aside football tournament Palungtar as a Chief Guest Chairman Prem Bahadur Tamang

चेपे आदर्श युवा क्लब को आयोजनामा 7 A side लामा गाउँ  cup २०८३ खुल्ला फुटबल प्रतियोगिताको हिजो विशेष कार्यक्रमका बीच समुद...
14/06/2026

चेपे आदर्श युवा क्लब को आयोजनामा 7 A side लामा गाउँ cup २०८३ खुल्ला फुटबल प्रतियोगिताको हिजो विशेष कार्यक्रमका बीच समुद्घाटन भएको छ। जिल्ला खेलकुद विकास समिति गोर्खाको अध्यक्ष प्रेमबहादुर तामाङज्यू को प्रमुख आतिथ्यतामा र क्लबका अध्यक्ष विकास तामाङ ज्यूको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति गोर्खाको अध्यक्ष प्रेमबहादुर तामाङज्यूले दिप प्रज्लन तथा खेलका प्रमुख रेफ्री लाई गेमबल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा गोर्खा, तनहुँ ,लम्जुङ लगायतका विभिन्न जिल्लाका क्लबहरूको सहभागिता रहेको छ। प्रतियोगिता ३० गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुनेछ।

चेपे आदर्श युवा क्लव को आयोजनामा पालुङटार रङशाला पालुङटारमा सञ्चालन हुने ७ ए साईड खुल्ला लामागाँउ कप फुटबल प्रतियोगिता २...
11/06/2026

चेपे आदर्श युवा क्लव को आयोजनामा पालुङटार रङशाला पालुङटारमा सञ्चालन हुने ७ ए साईड खुल्ला लामागाँउ कप फुटबल प्रतियोगिता २०८३ का लागि खेलकुद सामाग्री हस्तानतरण गर्नु हुदै जिल्ला खेलकुद बिकास समिति गोरखाका अध्यक्ष प्रेम बहादुर तामाङज्यू ।

10/06/2026

Our players are our pride 🫶Gorkha

यो सफलता तपाईंको समर्पण र अथक प्रयासको प्रतिफल हो। तपाईंले हामी सबैलाई गर्व महसुस गराउनुभएको छ। अगाडि बढ्नुहोस् र अझ धेर...
05/06/2026

यो सफलता तपाईंको समर्पण र अथक प्रयासको प्रतिफल हो। तपाईंले हामी सबैलाई गर्व महसुस गराउनुभएको छ। अगाडि बढ्नुहोस् र अझ धेरै सफलता प्राप्त गर्नुहोस्! मिति २०८३ जेठ २० देखि २३ गतेसम्म सम्पन्न केन्द्रीय स्तरको १६औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हाइजम्प विधामा १.४३ मिटर रेकर्ड कायम गर्दै स्वर्ण पदक जित्न सफल भएकी प्रमिला सुर्खेती, ३००० मिटरमा कास्य पदक विजेता सरोज गिरी, ८०० मिटर दौडमा काश्य पदक विजेता आस्मा अधिकारीलाई हार्दिक बधाई तथा शुभकामना🥰

गण्डकी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय श्री नन्द प्रसाद न्यौपाने ज्यूलाई उहाँकै  कार्यकक्षमा जिल्...
03/06/2026

गण्डकी प्रदेश सरकार ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री माननीय श्री नन्द प्रसाद न्यौपाने ज्यूलाई उहाँकै कार्यकक्षमा जिल्ला खेलकुद विकास समिति गोर्खाको अध्यक्ष श्री प्रेम बहादुर तामाङज्यू र भलिबल प्रशिक्षक श्री दिल बहादुर तामाङज्यूले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी वर्षका लागि जिल्ला खेलकुद विकास समिति गोर्खाको खेलमैदान स्तरोन्नतिका लागि आवश्यक बजेट माग गर्नुभएको छ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद बिकास समिति वागलुङको व्यव्स्थापनमा यहि  मिति २०८३ जेष्ठ १५ र १६ गते ...
31/05/2026

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद बिकास समिति वागलुङको व्यव्स्थापनमा यहि मिति २०८३ जेष्ठ १५ र १६ गते वागलुङ बजारमा भएको गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ मा जिल्ला खेलकुद बिकास समिति गोरखाले तपशिलका खेलहरुमा सहभागि भई पदक हासिल गर्न सफल भएको छ ।

१६ औँ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशील्ड  प्रतियोगिता २०८२ भव्यताका साथ बाग्लुङ जिल्लामा सुसम्पन्न भएको छ। प्रतिय...
31/05/2026

१६ औँ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता २०८२ भव्यताका साथ बाग्लुङ जिल्लामा सुसम्पन्न भएको छ। प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति गोर्खाको तर्फबाट सहभागी खेलाडीहरूको उत्कृष्ट प्रदर्शन र मेहनतले १२ स्वर्ण,१० रजत,८ कास्य गरी ३० पदक जित्दै तृतीय हुन सफल भएको छ। यो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका गोरखा जिल्लाका सबै खेल संघहरू, प्रशिक्षक ज्युहरु, व्यवस्थापक ज्यूहरु, पालुङ्टार नगरपालिका, गोरखा जिल्लाका सबै स्थानीय निकायहरु ११ वटै पालिकाहरूका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखज्यूहरू सबै विद्यालयका प्रअ ज्यूहरू सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं। साथै यो भव्य कार्यक्रम सम्पन्न गर्न सफल हुनुभएकोमा प्रदेश खेलकुद परिषद् गण्डकी र जिल्ला खेलकुद विकास समिति बाग्लुङलाई हार्दिक बधाई साथ हार्दिक धन्यवाद र न्यानो आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्दछौं ।

१६औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता २०८२ बागलुङ जिल्लामा आयोजना भई सञ्चालन भएको छ। आज जेष्ठ १५ गत...
29/05/2026

१६औं गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशील्ड प्रतियोगिता २०८२ बागलुङ जिल्लामा आयोजना भई सञ्चालन भएको छ। आज जेष्ठ १५ गते विशेष कार्यक्रमका बीच प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशका सदस्य सचिव श्री श्रीधर शर्माज्यूको अध्यक्षतामा र सामाजिक विकास युवा तथा खेलकुद मन्त्री माननीय श्री रेखा गुरुङज्यूको प्रमुख आतिथ्यमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेशका ११ वटै जिल्लाका विभिन्न विधामा विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ। भने गोर्खा जिल्लाबाट पनि विभिन्न पाँच (भलिबल,कबड्डी, कराते, तेक्वान्दो र एथलेटिक्स )विधामा खेलाडीहरू सहभागि भएका छन्।

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when जिल्ला खेलकुद बिकास समिति गाेरखा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category