11/04/2025
हाम्रो लालि गुराँस युथ क्लवको तर्फबाट श्री सुबास तामाङज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं, जसले यस पटकको फुटबल प्रतियोगिताको सफल आयोजनका लागि महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्नुभयो।
तपाईंको सहयोग र साथबिना यो प्रतियोगिता सम्भव हुने थिएन। तपाईंको योगदानले खेलप्रति युवाहरूको आकर्षण बढाउन, खेलाडीहरूलाई प्रोत्साहन गर्न तथा समुदायमा सकारात्मक ऊर्जा फैलाउन ठूलो भूमिका खेलेको छ।
हामी तपाईंप्रति गहिरो आभार व्यक्त गर्दै, भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछौं।
पुनः एकपटक, धन्यवाद र शुभकामना।
सुबास घिसिङ