Bipin singh

Bipin singh Welcome my pages❤️🇳🇵🇳🇵

03/01/2026

आज म हजुरहरूलाई आफ्नै आँखाले देखेको एउटा कथा सुनाउँछु...
सुदूरपश्चिमको कथा -
कामको सिलसिलामा म २०८२ सालको असारमा सुदूरपश्चिम पुगेको थिए।
त्यहाँका बस्तीहरूमा मैले एउटा अनौठो सन्नाटा महसुस गरेँ।
गाउँका घरहरूमा ताल्चा झुण्डिएका थिए, आँगनहरूमा झार पलाएको थियो।
त्यहाँका ७० प्रतिशतभन्दा बढी घरका तन्नेरीहरू चौकीदारी र मजदुरीका लागि भारत तिर पलायन भएका रहेछन्।
पुरुषहरू नहुँदा गाउँहरू 'वृद्धाश्रम' जस्ता भएका थिए— खेतबारी बाँझो, अनि मलामी जाने मान्छेसम्म नपाइने अवस्था।
त्यहाँ केवल रोजगारीको अभाव मात्र होइन, एउटा सिङ्गो पुस्ताले आफ्नो थातथलो बिर्सिनुपर्ने बाध्यता रहेछ।
सुदूरपश्चिमका धेरैजसो परिवारको चुल्हो नेपाली रुपैयाँले होइन, सिमानाबाट पोको पारेर भित्रिने भारु (IC) ले मात्र बल्दो रहेछ।

अझ अघि बढ्दै गर्दा मैले एउटा कहालीलाग्दो दृश्य देखेँ।
गाउँको कुनामा एउटी युवती थिइन्, जो सुत्केरी हुन लाग्दा गाउँमा खुसियाली होइन, सन्त्रास थियो।
किनकि नजिकै अस्पताल थिएन। उनलाई एउटा डोकोमा हालियो र गाउँका वृद्धहरूले पालैपालो बोकेर भीरको ओरालो झार्न थाले।
सहयोग मैले पनि गरेँ तर विडम्बना! १० घण्टाको त्यो कठिन यात्रा सकिएर सडक भेटिनुअघि नै त्यो डोकोभित्रै एउटा नयाँ जीवन अस्तायो।
म भक्कानिएँ, तर त्यहाँका मानिसहरूले एक थोपा आँसु झारेनन्।
"कति कठोर मन भएका रहेछन्" भनेर सोच्दै के थिएँ, भीडबाट एउटा आवाज आयो— "नरुनु दाइ, हाम्रा त रुँदा-रुँदा आँसु पनि सुकिसके।"
यो त अछाम र बाजुराको प्रत्येक महिनाको 'मुख्य समाचार' जस्तै बनिसकेको छ।

साँझ छिप्पिँदै जाँदा मैले एउटा घरमा बास मागेँ। त्यहाँ एउटा सानो, चिसो र अँध्यारो गोठ थियो, जहाँ एउटी कलिलो उमेरकी चेली डरले खुम्चिएर बसिरहेकी थिइन्।
छाउगोठमा निसास्सिएर, सर्पले टोकेर वा अन्य आपराधिक क्रियाकलापका कारण त्यहाँ दर्जनौँ किशोरीहरूले ज्यान गुमाइसकेका कुरा मलाई घरधनीले सुनाउनुभयो।
कानुनले यसलाई 'अपराध' भने पनि समाजमा 'देवता रिसाउने' डर कानुनभन्दा धेरै बलियो रहेछ।

यी सबै कुराले मन भारी भयो, रातभरि निद्रा लागेन। बिहानै उठेर नजिकैको चिया पसलमा केही खाउँ भनेर निस्किएँ।
पसल नजिकै केही बालबालिकाहरू कतै जाने योजना बनाउँदै थिए।
ती बालबालिकाहरू सामान्य थिएनन्।
उनीहरूको फुस्रो अनुहार र सुन्निएका पेटहरू देख्दा मलाई आश्चर्य लाग्यो। "यी बच्चाहरूलाई के भएको?

31/08/2024

My school teacher and friends !
I made a dozer hand in class 10❤️❤️

Address

Dhangadhi , Kailali
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Bipin singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share