07/01/2026
आदरणीय खेल प्रेमी साथीहरु
विषयः टिम सहाभागी गराई दिने बारे
उपरोक्त सम्बन्धमा कुताल युवा समाज द्वार युवाहरुको बीचमा मित्रताको सम्बन्धमा टेवा पुर्याउनको साथै कुताल युवा समाज को खेल मैदान उद्घाटनकाे अवसर पारेर वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता तेस्रो कुताल कप यही मिति 2082 माघ 1,2,3,र 4 गते आयोजना गर्न गइरहेको जानकारी गराउदछौ।
पुरस्कारहरु,:
1.प्रथम:नगद रु.६०००० , सिल्ड, मेडल र प्रमाणपत्र
2.दृतीय: नगद रु.३००००, सिल्ड, मेडल र प्रमाणपत्र
3.तृतीय: नगद रु.२००००, सिल्ड, मेडल र प्रमाणपत्र
नियमहरु:
1. खेल खेल्दा कुनै चोटपटक लागेमा खेलाडी र टिम आफै जिम्मेवारी हुनुपर्नेछ ।
2. खेल खेल्दा कुनै विवाद भएमा आयोजक र रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
3. टाई सिट गोला प्रथा द्वारा बनाईन्छ ।
4. गोला प्रथाको लागी तपाईको टिमको प्रतिनिधिलाई जानकारी दिएको स्थान र समयमा उपस्थित हुनुपर्नेछ ।
5. दर्ता गर्दा उपलब्ध गराएको खेलाडी मात्र अन्त सम्म खेल्न पाईनेछ, साथै बीचमा कुनै खेलाडी थप्न पाईनेछैन ।
6.एउटा टिममा दुई वा सो भन्दा बढी वडाको खेलाडी समबेश भएमा उक्त टिम सिधै disqualify हुनेछ
7.टाई सिट हुनु अगाडि टिम क्याप्टेनले आफ्नो सबै खेलाडीको ठेगाना खुलेको परिचय पत्र देखाउनु पर्नेछ ।
नोटहरु
1.पौष 30 गते भित्र दर्ता गराईसक्नु पर्नेछ ।
2. दर्ता शुल्क रु. 3000 लाग्नेछ ।
3: खेल कुताल युवा समाजको खेल मैदानमा हुनेछ ।
4: पुरस्कार रकम बाट नियम अनुसार vat रकम छुट्याईनेछ ।
थप जानकारीको लागी
1. विनोद गुरुङ्ग
2. आशा लामा तामाङ्ग(9745332059)
3राजन तामाङ्ग.9860900007