Nawaraj Kharel नवराज खरेल

Nawaraj Kharel नवराज खरेल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawaraj Kharel नवराज खरेल, Butwal.

प्रथम एसियन अन्तर्राष्टिय आमन्त्रित  सीएच.आई. टी. एफ. तेक्वान्दो प्रतियोगिता २०२४  को एक भव्य समारोहका  बीच उद्घाटन कार्...
25/05/2024

प्रथम एसियन अन्तर्राष्टिय आमन्त्रित सीएच.आई. टी. एफ. तेक्वान्दो प्रतियोगिता २०२४ को एक भव्य समारोहका बीच उद्घाटन कार्यक्रममा सम्पन्न भएको छ।
पुर्व प्रधानमन्त्री माननीय माधव कुमार नेपालले विधिवत रुपमा समुद्घाटन गर्नुभएको कार्यक्रममा पूर्व उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री गणेश मान पुन ,पूर्व शिक्षा मन्त्री एबं प्रतिनिधि सभा सदस्य माननीय देवेन्द्र पौडेल र ग्रान्ड मास्टर चोङ.सोन. केनको साथमा अतिथिको रुपमा आमन्त्रण गर्नुभएकोमा सीएचआइटीएफ तेक्वान्दो परिवार , सीएचआइटीएफ तेक्वान्डो नेपालका अध्यक्ष कुलबहादुर बुढा मगर लाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको भव्य रुपमा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
First Asian invitational CHITF international Taekwondo Tournament 2024 has concluded with a grand opening ceremony.
Former Prime Minister Honorable Madhav Kumar Nepal formally inaugurated the program, former Minister of Industry, Trade and Supply Ganesh Man Pun, former Minister of Education and Member of the House of Representatives Honorable Devendra Poudel and Grand Master Chong.Son.
I would like to express my sincere thanks to the CHITF Taekwondo family, CHITF Taekwondo Nepal President Kul Bahadur Budha Magar for inviting as a guest and wish him a grand success of the event.

10/03/2024

बुटवल १७ फागुन । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ का नवराज खरेल नेपाल स्काउटको बुटवल आयुक्तमा नियुक्त भएका छन् । ...

10/03/2024
समर्पण समाज परिवर्तनमा  मायादेवी वडा नम्बर ८ रुपन्देहीको  आयोजना र लुम्विनी सांस्कृतिक नगरपालिका रूपन्देहीको सहयोगमा अग्...
29/03/2023

समर्पण समाज परिवर्तनमा मायादेवी वडा नम्बर ८ रुपन्देहीको आयोजना र लुम्विनी सांस्कृतिक नगरपालिका रूपन्देहीको सहयोगमा अग्नि नियन्त्रण तथा उद्धार सम्बन्धी तालिममा प्रमुख प्रशिक्षकको जिम्मबारि प्रदान गर्नुहुने संस्थाका अध्यक्ष राज गुप्ता र आत्मीय मित्र युवा नेता समाजसेवी व्यक्तित्व सन्दिप गुप्ता लाई विशेष धन्यवाद।
साथै तिलोत्तमा नगरपालिका जनस्वास्थ्य निरीक्षक आत्मिय मित्र थानेस्वर बस्याल सहजकर्ता भाइ विवेक खड्कालाई सँगको सहकार्य अविस्मरणीय थियो।

बुटवल,२५ कार्तिक तीन विद्यालयका स्काउट ट्रुपले गरे अपाङ्ग आश्रममा खाना खुवाउने देखि सरसफाइ। रुपन्देहीका तीन वटा विद्यालय...
12/11/2022

बुटवल,२५ कार्तिक
तीन विद्यालयका स्काउट ट्रुपले गरे अपाङ्ग आश्रममा खाना खुवाउने देखि सरसफाइ।

रुपन्देहीका तीन वटा विद्यालयका स्काउट ट्रुपले नेपाल अपाङ्ग आश्रम बुटवलमा बसोवास गर्दै आएकाहरुलाई खाना खुवाएका छन।नेपाल स्काउट नवज्योति स्काउट ट्रुप मणिग्राम, इडन स्काउट ट्रुप नहरपुर र नवीन स्काउट ट्रुप बुटवल देविनगरले शुक्रवार एक कार्यक्रम गरि नेपाल अपाङ्ग आश्रम बुटवल ११ प्रगतिनगरमा स्थाही बसोबास गर्ने करिव ३८ जना लाई खाना खुवाएका हुन ।
नविन औद्योगिक कदर बहादुर रीता माविका स्काउट मास्टर नवराज खरेलका अनुसार खाना खुवाउने कार्यक्रम सगै आश्रम वरपर सरसफाइ कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा स्काउट मास्टर खरेलले विद्यार्थीहरुलाइ एउटा असल नागरिक, देशभक्त र आत्म निर्भरका साथै नैतिक शिक्षा सिकाउन स्काउट महत्त्वपूर्ण रहेको भन्दै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
लामो समय देखि स्काउट र खेल क्षेत्रमा कार्यरत खरेल हाल लुम्बिनी प्रदेश आइ.टि.एफ. तेक्वान्दो संघ उपाध्यक्ष , लुम्बिनी प्रदेश डोरितान संघका अध्यक्ष र नवीन औद्योगिक कदर बहादुर रीता मा. बि. का खेलकुद शिक्षक छन । २०६३ साल देखि खेलकुद क्षेत्रमा प्रबेस गरेका खरेल सामाजिक काम गर्दा खुसी महसुस हुने र सबैले आफ्नो आफ्नो ठाउँ बाट दुखी, गरिव र असाहय परिवार बिहिन ब्यक्तिहरुलाइ माया गर्नु पनेमा जोड दिन्छन ।
नवीन औद्योगिक कदर बहादुर रीता माबी , नवज्योति बोर्डिङ स्कुल र इडन बोर्डिङ स्कुलमा गरि करिव २१० जना स्काउट बिद्यार्थीहरु रहेका छन । उनिहरुलाइ पनि सामाजिक काममा अग्रसर बनाउदा मनोबैज्ञानिक रुपमा उनिहरुको ब्याक्तित्व बिकाश हुने भन्दै नेपाल स्काउटले लिएको एक घर एक स्काउट एक बिद्यालय एक स्काउट शिक्षक अवधारणा लिएको कुरा समय सान्दर्भिक रहेको बताउछन ।
तीन वटा स्काउट ट्रुप मिलेर एक हप्ता सम्म खेलिएको देउसी भैलो कार्यक्रम २०७९ मा जम्मा भएको रकम बाट कार्यक्रम गरिएको हो । देउसी भैलो लाई केवल मनोरञ्जनको रुपमा नलिएर समाजमा केही गर्नु पर्छ भन्ने धारण लिएर देउसी कार्यक्रममा गरिएको हो ।

आगामी दिनमा बाटोमा हिडने कुकुर र गाइहरुलाई पनि खाना खुवाउने कार्यक्रम रहेको समेत खरेलले बताए । यसबाट एउटा असल कामको सन्देश प्रवाह हुने भन्दै उनले स्काउटहरु प्राणी जाती प्रति पनि सहयोगी हुन्छन भन्ने बताउछन । प्राणी जातिका पनि आफ्नै खुसी हुने परिवार हुने हुनाले सबैले माया र संरक्षक गर्नु पर्ने उनको भनाइ छ ।
कार्यक्रममा वोल्दै नेपाल चेम्बर एफ कमर्स लुम्बिनी प्रदेस महासचीव तथा नवज्योति बोर्डिङ स्कुलका संचालक समितिका अध्यक्ष जे. पि कडेलले एउटा असल एवं महत्त्वपूर्ण कामको सुरुवात स्काउट सदस्यले गरेकोमा धन्यवाद व्यक्त गर्दै आफू पनि सामाजिक कर्ममै खुसी रहेको बताए । आफ्नो ठाउँ देखि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्काउट मास्टर बिद्या खडका , पुजा पाण्डेको आतिथ्यता बुटवल उप महानगरपालिका स्काउट समिति सदस्य एवं स्काउट रोभर मास्टर , स्काउट मास्टर तथा स्काउट (डी.एम.टी ) नवराज खरेलको अध्यक्षता र नवज्योति बोर्डिङ स्कुलका स्काउट सदस्य जविक पाठकको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

आज मिति २०७८  साल फागुन १८ गते बिहीबारका दिन यस नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देविनगर बुटवल , ११ मा  व...
03/03/2022

आज मिति २०७८ साल फागुन १८ गते बिहीबारका दिन यस नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देविनगर बुटवल , ११ मा विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरे को प्रमुख आतिथ्यता , स्काउट लिडर नवराज खरेल , बिद्या खडका , शुस्मा गौतम तथा नवीन स्काउट ट्रूपका स्काउटरहरुलाई (surf smart 2.0 )कार्यक्रम सम्पन्न गरियो |

आज मिति २०७८।११।१७ गतेका दिन परेको महाशिवरात्रीको अवसरमा बुटवल  स्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको भिडभाड व्यवस्था...
02/03/2022

आज मिति २०७८।११।१७ गतेका दिन परेको महाशिवरात्रीको अवसरमा बुटवल स्थित सिद्धबाबा मन्दिरमा दर्शनार्थीहरुको भिडभाड व्यवस्थापन र सरसफाई गरी, गौतम बुद्ध स्काउट क्रियुद्वारा २० जना स्वयम्सेवक परिचालन।

नेपाल स्काउट,
लुम्बिनी प्रदेश,
गौतम बुद्ध स्काउट क्रियु,
रुपन्देही।

स्थानीय स्काउट समिती भैरहवाले आयोजना गरेको बिपत ब्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ ।स्थानीय ...
08/01/2022

स्थानीय स्काउट समिती भैरहवाले आयोजना गरेको बिपत ब्यवस्थापन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ ।
स्थानीय स्काउट समिती भैरहवाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल स्काउटका स्काउट डि.एम.टि. नवराज खरेलको नेतृत्वमा डि.एम टि.बिद्या खडका,डि.एम.टि. कल्पना अधिकारी ,डि.एम.टि. शुस्मा गौतम,डि.एम. टि. बन्दना खनाल , भैरहवा स्थित सशस्त्र प्रहरी बल न.२७ गड हेडक्वाटर रुपन्देहीका प्रहरी सहायक उपरीक्षक शुशिल पन्थको नेतृत्वमा ए.पि.एफ. डि. एम.टि. बाट ५ जानाको टोलिले उक्त कार्यक्रमको सहजीकरण गरेको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट संयोजक दिनानाथ भट्टराईले आफू स्काउटको बिकाशको निमित्त जस्तोसुकै परिस्थितिमा पनि लागि पर्ने र एक बिद्यालय एक स्काउट शिक्षक हुनुपर्ने कुरामा जोड दिनु भयको थियो।
उक्त कार्यक्रमको संयोजन शिदार्थनगर नगरपालिका स्काउट संयोजक सरोज खातीले गर्नु भएको थियो।
उक्त कार्यक्रममा समुदायमा आकस्मिक रुपमा आइ पर्ने बिपत ब्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा विभिन्न किसिमका डेमो प्रदर्सन गरिएको थियो।

आज बुटवल उप- महानगरपालिका बाट दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मा दोस्रो  हुनसफल हाम्रो बिद्यालय नवीन औधोगि...
12/08/2021

आज बुटवल उप- महानगरपालिका बाट दोस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ मा दोस्रो हुनसफल हाम्रो बिद्यालय नवीन औधोगिक कदर बहादुर रीता मा . वि . लाई खेलकुद समाग्री हस्तान्तरण गर्नु हुदै नगर प्रमुख शिवराज सुवेदी ग्रहण गर्नु हुँदै प्रधानाध्यापक प्रेम बहादुर बस्नेत र खेलकुद प्रशिक्षक नवराज खरेल ।
धन्यवाद नगर प्रमुख तथा नगर खेलकुद बिकास समिती लाई।।जय नवीन ।जय खेलकुद ।।।

Address

Butwal

Telephone

+9779847305437

Website

Alerts

Be the first to know and let us send you an email when Nawaraj Kharel नवराज खरेल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nawaraj Kharel नवराज खरेल:

Shortcuts

Share