बिराटनगर सेरोफेरो

बिराटनगर सेरोफेरो 🗣 बिराटनगरका हरेक कथा र खबर 👁
☝️सत्य, छिटो र विश्वसनीय समाचार ✍️

06/04/2026

विराटनगरबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध 🙏

हाल मोरङ जिल्ला ट्राफिक प्रहरीको पहलमा विराटनगरभित्र सञ्चालनमा रहेका सिटी सफारीहरूलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन दर्ता गर्ने अभियान सञ्चालन भइरहेको छ। यस अन्तर्गत सिटी चालकहरूले यातायात कार्यालयबाट लाइसेन्स प्राप्त गरेपछि ट्राफिक प्रहरी कार्यालय मोरङमा ट्राफिक नियमसम्बन्धी तालिम लिनुपर्नेछ। त्यसपछि प्रत्येक चालकलाई हरियो रिफ्लेक्टर ज्याकेट प्रदान गरिनेछ।

उक्त ज्याकेटको पछाडि चालकको परिचय खुल्ने गरी विशेष कोड नम्बर राखिने व्यवस्था गरिएको छ। सो कोड नम्बरको आधारमा सम्बन्धित चालकको सम्पूर्ण विवरण ट्राफिक प्रहरीसँग अद्यावधिक रहनेछ।

यस व्यवस्थाबाट:
• मदिरा सेवन गरी सवारी चलाउने प्रवृत्तिमा नियन्त्रण हुनेछ
• दुर्घटना गरेर भाग्ने घटनामा कमी आउनेछ
• यात्रुका सामान हराए वा छुटेमा सहज रूपमा सम्पर्क गर्न सकिनेछ
• बालबालिका तथा नागरिकको सुरक्षा सुनिश्चित हुनेछ

त्यसैले सम्पूर्ण विराटनगरबासीलाई अनुरोध छ—
हरियो ज्याकेट लगाएका, पहिचान खुल्ने कोड भएका सिटी सफारी मात्र प्रयोग गर्नुहोस्। ज्याकेट नलगाएका सिटीमा यात्रा नगर्नुहोस् र त्यस्ता चालकहरूलाई पनि आवश्यक प्रक्रिया पूरा गर्न प्रेरित गर्नुहोस्।

हाम्रो सानो सचेतनाले हाम्रो यात्रा मात्र होइन, हाम्रा बालबालिका, जेष्ठ नागरिक तथा सम्पूर्ण नागरिकको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्नेछ।

आउनुहोस्, सुरक्षित, व्यवस्थित र जिम्मेवार विराटनगर निर्माणमा सबैले साथ दिऔं।बिराटनगर सेरोफेरोSanjay PasmanHarihar NepalBHIM PARAJULIBirendra Prasad ChaudharyCricket Association of Nepal-CANCricket Bazaar

27/03/2026

नेपाल सरकार 🇳🇵

1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री

हाम्रो बिराटनगर
25/03/2026

हाम्रो बिराटनगर

25/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने साइत तय भएको हो।
प्रधानमन्त्रीको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाद गरिनेछ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्ठमंगल पाठ गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको शपथ लिएपछि बालेन २:१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभारग्रहण गर्नेछन्।
फागुन २१ को निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जितेको थियो। अब रास्वपाले एकल सरकार बनाउँदैछ।

25/03/2026

२०८२ चैत १० गते साँझ करिब ६:०० बजे मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १७ स्थित छाला फ्याक्ट्री नजिकैको कल्भर्ट मुनिको नालीमा तन्नामा बेरिएको अवस्थामा एउटा मानव श*व फेला परेको थियो। प्रहरीले उक्त श*वलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको थियो।
प्रहरीले जिल्लाभर परेका "हुलिया निवेदन" (हराएको सूचना) सँग शवको प्रकृति भिडाउँदा चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा परेको निवेदनसँग मेल खायो। मृतकका माइती पक्षले गहना र कपडाका आधारमा उक्त श*व विराटनगर-१५ बस्ने ३२ वर्षीया कोमल कुमारी साहको भएको सनाखत गरे।
अनुसन्धानका क्रममा मृत*कका श्रीमान रोशन साहमाथि शंका लागि केरकार गर्दा उनले आफ्नो अपराध स्वीकार गरे। उनले आफ्नै घरमा श्रीमतीलाई सारी र गलबन्दीले घाँटी कसी ह*त्या गरेको र त्यसपछि हातखुट्टा बाँधेर पोको पारी 'सिटी सफारी' मा राखेर घरबाट ४ कि.मि. टाढा नालीमा फालेको बताए।
अभियुक्त रोशन साहले अपराध लुकाउन धेरै जुक्तिहरू लगाएका थिए:
श्रीमतीको ह*त्या गरिसकेपछि आफैं प्रहरी कार्यालय गएर "श्रीमती हराएको" भनी हुलिया निवेदन दिएका थिए।
श*व फाल्नका लागि सीसीटीभी क्यामेरा नभएको बाटो प्रयोग गरेका थिए।
गन्ध नआओस् वा आए पनि मानिसले शंका नगरुन् भनेर दुर्गन्धित छाला फ्याक्ट्री र फोहोर फालिने ठाउँ छनोट गरेका थिए।
शंका नहोस् भनेर हत्याको भोलिपल्टै माइती पक्षसँग सम्पर्क बढाएका थिए।
हाल अभियुक्त रोशन साहलाई मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Address

Morang
Biratnagar 15

Telephone

+19852032014

Website

Alerts

Be the first to know and let us send you an email when बिराटनगर सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share