29/08/2026
बाढीपीडितहरूका लागि अखिल नेपाल कबड्डी संघको राहत सहयोग
नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका बाढीपीडित नागरिकहरूका लागि अखिल नेपाल कबड्डी संघले राहत सामग्री सहयोग गर्ने अभियान अघि बढाएको छ।
यस अभियानअन्तर्गत आज नेपाल सरकार मातहतका सम्बन्धित राहत संकलन केन्द्रका प्रतिनिधि सन्दीप श्रेष्ठ ज्यु मार्फत निम्न राहत सामग्री हस्तान्तरण गरिएको छ:
- 🛏️ म्याट्रेस – ३५ थान
- 🛌 ब्ल्याङ्केट – ३६ थान
- 🧣 पातलो ब्ल्याङ्केट – ३६ थान
- 🛏️ बेडसिट
- 🛏️ सिरानी
उक्त राहत सामग्री अखिल नेपाल कबड्डी संघका अध्यक्षज्यू, महासचिव ज्यु केन्द्रीय सदस्यज्यूहरू तथा सहयोगी महानुभावहरूको उपस्थितिमा संकलन गरी सम्बन्धित निकायमार्फत वास्तविक बाढीपीडितसम्म पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको हो।
यस राहत संकलनमा आफ्नो घरमा सामग्री राख्न स्थान उपलब्ध गराई सहयोग गर्नुहुने नकुल थापा घरधनीज्यूहरू तथा सम्पूर्ण सहयोगी महानुभावहरूलाई अखिल नेपाल कबड्डी संघ हार्दिक धन्यवाद व्यक्त गर्दछ।
विपद्को यस कठिन घडीमा सबै मिलेर सहयोग गरौँ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो।
अखिल नेपाल कबड्डी संघ
🙏🇳🇵 जय कबड्डी!