23/10/2026
🙏💚 हार्दिक धन्यवाद तथा आभार! 💚🙏
हाम्रो यस बेनी नगरपालिका– वडा नं. ०८ मा अवस्थित एभरग्रीन युथ क्लब लाई माया गर्दै सहयोग प्रदान गर्नुभएकोमा बेनी नगरपालिका–वडा नं. ०४, सिंगा, तातोपानी निवासी मिलन र सन्दीप फेन्सी स्टोरका सञ्चालक मिलन घर्ती मगर र सन्दीप घर्ती मगर ज्यूहरू बाट यस क्लबलाई १ सेट जर्सी प्रायोजन गर्नुभएकोमा क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏💐
यहाँहरूको यस अमूल्य सहयोग र मायाले हाम्रो क्लबलाई थप हौसला र प्रेरणा प्रदान गरेको छ। आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग र माया निरन्तर प्राप्त भइरहने अपेक्षा राख्दै यहाँहरूको उज्ज्वल भविष्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 💚🙏
धन्यवाद! 💚⚽
Evergreen Youth Club परिवार