Kohalpur Cricket

Kohalpur Cricket This is a promotion page to Introduce the biggest Ever Cricketing Area In Nepal.

  : लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
20/11/2025

: लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गर्दै शानदार जित दर्ता गरेको छ।

क्रिकेटको भव्य मेला, भव्य रंगशालाः नेपाली क्रिकेटकै प्रतिष्ठित र लोकप्रिय नेपाल प्रिमियर लिग (एनपीएल)  (आज) सोमबारबाट सु...
17/11/2025

क्रिकेटको भव्य मेला, भव्य रंगशालाः नेपाली क्रिकेटकै प्रतिष्ठित र लोकप्रिय नेपाल प्रिमियर लिग (एनपीएल) (आज) सोमबारबाट सुरु हुँदैछ। विश्व क्रिकेटमा फरक पहिचान बनाएका चर्चित खेलाडीको आगमन, अन्तर्राष्ट्रियस्तरको र ठूला व्यापारिक घरानाको लगानीले एनपीएलकोे चर्चा चुलिएको हो।

नयाँ पुस्ताको उमंग होस् वा पुरानो पुस्ताको अनुभव, दुवैलाई एउटै ठाउँले जोडिदिन्छ: कोहलपुर क्रिकेट रङ्गशाला! 🏏🔥 यहाँ खेल क...
15/11/2025

नयाँ पुस्ताको उमंग होस् वा पुरानो पुस्ताको अनुभव, दुवैलाई एउटै ठाउँले जोडिदिन्छ: कोहलपुर क्रिकेट रङ्गशाला! 🏏🔥 यहाँ खेल केवल खेल हुँदैन, रोमाञ्च र जोशले रगतै बैग्लै त्यो अद्भुत अनुभूति हुन्छ।

हङकङमा सुरु भएको हङकङ सुपर सिक्स प्रतियोगितामा सहभागी टिमका कप्तानहरु। नेपालले पहिलो खेल अफगानिस्तानसँग खेल्दैछ नेपाली स...
07/11/2025

हङकङमा सुरु भएको हङकङ सुपर सिक्स प्रतियोगितामा सहभागी टिमका कप्तानहरु। नेपालले पहिलो खेल अफगानिस्तानसँग खेल्दैछ नेपाली समय ८:४५ बजे सुरु हुने खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको छ ।

हाम्रो कोहलपुर क्रिकेट मैदानमा NPL Trophy Tour सम्पन्न !
03/11/2025

हाम्रो कोहलपुर क्रिकेट मैदानमा NPL Trophy Tour सम्पन्न !

प्रतिभावान क्रिकेट खेलाडीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसर। Talent Hunt कार्यक्रम कोहलपुर क्रिकेट रङ्शाला...
25/10/2025

प्रतिभावान क्रिकेट खेलाडीहरुका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसर। Talent Hunt कार्यक्रम कोहलपुर क्रिकेट रङ्शालामा आयोजनाका लागि1 Lumbini Lions को व्यवस्थापन \लाई हार्दिक धन्यवाद ।
Let´s be the part of Talent Hunt to find Future and Hidden Talent. .

बधाई छ !! नेपाल २०२६ टि-२० विश्वकप खेल्न छनोट भएको छ🇳🇵👏Photo:wicketnepal
15/10/2025

बधाई छ !! नेपाल २०२६ टि-२० विश्वकप खेल्न छनोट भएको छ🇳🇵👏
Photo:wicketnepal

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा
19/05/2025

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

खुशीको खबर। आदरणीय एल बी क्षेत्री Lekh Chhetri   सरको पहलमा भोलि मिति २०८१ माघ ७ गते दिउँसो २:१५ बजे नेपाली राष्ट्रिय क्...
19/01/2025

खुशीको खबर। आदरणीय एल बी क्षेत्री Lekh Chhetri सरको पहलमा भोलि मिति २०८१ माघ ७ गते दिउँसो २:१५ बजे नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई कोहलपुर नगरपालिकाको तर्फबाट स्वागत र सम्मान गर्ने कार्यक्रम कोहलपुर क्रिकेट रङ्गशालामा गर्ने तय भएको हुदाँ क्रिकेट खेलाडी, विद्यार्थी र सबै खेल प्रेमीमा कोहलपुर क्रिकेट रङ्गशालामा आउन हुन अनुरोध गर्दछौँ ।🙂❤️

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पहिलो कप्तान नेपालगन्जकी नेरी थापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास ...
19/03/2024

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पहिलो कप्तान नेपालगन्जकी नेरी थापाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छन् ।
फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘ १७ वर्षको गजबको यात्रा आरोह अवरोह सहित रहयो । खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’
#नेरीको_नाममा_भएका_रेकर्डहरु
नेरीकै कप्तानीमा देशले दुईवटा अन्तर्राष्ट्रिय उपाधि ( नेपाली यु-१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु-१९ महिला च्याम्पियनसिप ) जितेको थियो भने दुई पटक उपविजेता बनेको थियो । सोही योगदानका कारण उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन पटक ‘उमन्स अफ दी सिरिज’ समेत प्राप्त गरेकी थिइन् ।
✓ एसीसी महिला च्याम्पियनसिप २००७ : उत्कृष्ट बलर
✓ उत्कृष्ट महिला उदयमान खेलाडी अवार्ड : २००८ एसियन क्रिकेट काउन्सिल
✓ एसीसी महिला टि-२० च्याम्पियनसिप २००९ : सर्वाधिक विकेटकर्ता
✓ २०१० एसीसी यु-१९ : उत्कृष्ट ब्याट्सउमन : प्रतियोगितामा ३८.२० को औसत र १०१.४६ को स्ट्राइक रेटमा १ सय ९१ रन बनाउँदै नेरी उत्कृष्ट ब्याट्सउमन बनेकी थिइन्।
✓ अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो खेलाडी : सन् २०१० मा सिंगापुरमा भएको एसिसी यु–१९ वुमन्स च्याम्पियनसिपमा नेरीले हङकङविरुद्ध छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा छक्का प्रहार गर्ने पहिलो खेलाडी बनिन् ।
✓ नेपाली महिला घरेलु क्रिकेट इतिहासकै शतक बनाउने पहिलो खेलाडी : २०७० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा काठमाडौँ बिरुद्ध १२१ रन बनाउदै किर्तिमान कायम ।
✓ नेपालको लागि दोश्रो र विश्वकै चौथो सबैभन्दा उत्कृष्ट बलिंग स्पेलको रेकर्ड : २०१९ आईसीसी टि-२० विश्वकप छनौट ( एसिया ) प्रतियोगितामा हंगकंग बिरुद्ध नेरीले एकै खेलमा ६ विकेट लिंदै नेपालको लागि एकै इनिंगमा सर्वाधिक विकेटको रेकर्ड आफ्नो नाम गरेकी थिईन् । त्यस क्रममा नेरीले ४ ओभरमा ८ रन खर्चेकी थिईन् । त्यो स्पेलसंगै टि-२० अन्तर्राष्ट्रियमा ५ विकेट लिने नेपालकै पहिलो क्रिकेटर समेत बनेकी थिईन् ।
✓ टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली महिला बलर : टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा ११ खेलमा देब्रे हाते बलर नेरीले १७ विकेट आफ्नो नाममा गरेकी छिन् ।
✓ टि-२० अन्तर्राष्ट्रियको एकै प्रतियोगितामा सर्वाधिक विकेटको रेकर्ड : नेरीले २०१९ आईसीसी विश्व कप छनौट ( एसिया ) प्रतियोगितामा ६ खेलमा १३ विकेट लिंदै उक्त किर्तिमान आफ्नो नाम गरेकी थिईन्।
✓ नेरी कै कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता २०७७ उपाधि बाँके महिला क्रिकेट खेलाडीले जितेको थियो । फाइनलमा रुपन्देहीलाई हराउँदा नेरी वुमन अफ द म्याच , बेष्ट ब्याट्सवुमनका साथै प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै वुमन अफ द सिरिज पनि बनेकी थिइन् ।
✓ २०७९ मा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा विभागीय टिम एपीएफ क्लबबाट खेल्दा प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द सिरिज बनेकी थिइन् । नेरीले प्रतियोगितामा ६ खेलमा एघार विकेट लिएकी थिईन् भने उनको टिमले रजत पदक जित्न सफल भएको थियो ।

23/02/2024
कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम ब...
15/02/2024

कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुर मेयर-११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो।

काठमाडौं । सुशील कोइराला मेमोरियल अन्डर-१९ राष्ट्रिय टि-२० प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। .....

Address

Banke
009779868063707

Telephone

+9779825590410

Website

Alerts

Be the first to know and let us send you an email when Kohalpur Cricket posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share