SRI यो पेज योग र ध्यानमार्फत आन्तरिक शान्ति, चेतनाको विस्तार र जीवन सन्तुलन खोज्ने साधकहरूका लागि हो।

02/08/2026

मण्डुकासन (Mandukasana) का फाइदा
मण्डुकासनलाई विशेष गरी पेट, पाचन प्रणाली र अग्नाशय (Pancreas) का लागि लाभदायक हुन्छ ।
* पाचन शक्ति सुधार गर्न सहयोग गर्छ ।
* कब्जियत, ग्यास र अपचको समस्या कम गर्न मद्दत गर्छ ।
* अग्नाशयलाई सक्रिय बनाउने भएकाले मधुमेह नियन्त्रणमा सहयोग गर्छ ।
* पेटको बोसो घटाउन सहयोग पुर्‍याउँछ ।
* कलेजो र मिर्गौलाको कार्यक्षमता सुधार गर्छ ।
* पेटका मांसपेशीलाई बलियो बनाउँछ ।
* तनाव कम गरी मानसिक शान्ति बढाउँछ ।
सावधानी: भर्खरै पेटको शल्यक्रिया गरेको, अल्सर, हर्निया वा गम्भीर घुँडाको समस्या भएका व्यक्तिले विशेषज्ञको सल्लाहमा मात्र अभ्यास गर्नु पर्छ ।

शशकासन (Shashankasana) का फाइदा
शशकासन शरीर र मनलाई गहिरो विश्राम दिने उत्कृष्ट आसन हो ।
* मानसिक तनाव, चिन्ता र थकान कम गर्न मद्दत गर्छ ।
* मस्तिष्कमा रक्तसञ्चार सुधार गर्न सहयोग गर्छ ।
* ढाड, काँध र मेरुदण्डलाई लचिलो बनाउँछ ।
* कम्मर दुखाइ कम गर्न सहयोगी हुन सक्छ ।
* पाचन पकृया राम्रो गराउछ ।
* उच्च रक्तचाप भएका व्यक्तिमा (उचित मार्गदर्शनमा) मनलाई शान्त बनाउन सहयोगी हुन सक्छ ।
* निद्रा राम्रो लाग्न र मन एकाग्र बनाउन मद्दत गर्छ ।

31/07/2026

धर्मको सार मन्दिर, मस्जिद, चर्च वा गुम्बामा होइन, मानिसको चेतनामा हुन्छ । जहाँ प्रेम छ, त्यहीँ धर्म छ । जहाँ करुणा छ, त्यहीँ ईश्वरको स्पर्श छ । र जहाँ घृणा, हिंसा र हत्या छ, त्यहाँ धर्मको नाम त हुन सक्छ, धर्म स्वयं हुँदैन ।

सचेत मानिसले कसैको प्राण लिँदैन । उसले त जीवनलाई नतमस्तक भएर सम्मान गर्छ। अचेत मानिसले धर्मलाई पनि हतियार बनाउँछ ।

धर्मका नाममा जे हिंसा, विभाजन र रगत बगिरहेको छ, त्यो तत्काल अन्त्य होस् । सम्पूर्ण ब्रह्माण्डमा शान्ति, करुणा र प्रेमको प्रकाश फैलियोस् ।

30/07/2026

१. मकरासन (Makarasana)
फाइदाहरू:
* शरीरलाई विश्राम, आराम मिल्छ ।
* कम्मर र ढाडको दुखाइ कम गर्न सहयोग गर्छ ।
* तनाव, चिन्ता र थकान घटाउँछ ।
* श्वासप्रश्वासलाई गहिरो र सहज बनाउँछ ।
* उच्च रक्तचाप भएका व्यक्तिका लागि पनि आरामदायी हुन्छ ।

२. भुजंगासन (Bhujangasana)
फाइदाहरू:
* मेरुदण्डलाई लचिलो र बलियो बनाउँछ ।
* कम्मर तथा ढाडका मांसपेशीलाई मजबुत बनाउँछ ।
* फोक्सोको क्षमता बढाउन र छाती खुलाउन मद्दत गर्छ ।
* पेटका अंग बलियो बनाउँछ ।
* पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।
* लामो समय बसेर काम गर्ने व्यक्तिमा हुने ढाडको समस्या कम गर्न उपयोगी हुन्छ ।

३. धनुरासन (Dhanurasana)
फाइदाहरू:
* सम्पूर्ण शरीरको राम्रो स्ट्रेच हुन्छ ।
* मेरुदण्डको लचकता र शक्ति बढाउँछ ।
* पेटको बोसो घटाउन सहयोगी हुन सक्छ (सन्तुलित आहार र नियमित अभ्याससँगै) ।
* पाचन सुधार्न र कब्जियत कम गर्न मद्दत गर्छ ।
* छाती र काँध खुलाएर श्वासप्रश्वासमा सुधार ल्याउँछ ।
* हात, खुट्टा र पेटका मांसपेशीलाई बलियो बनाउँछ ।
* शरीरमा ऊर्जा र स्फूर्ति बढाउँछ ।

अभ्यास गर्दा ध्यान दिनुपर्ने कुरा
* खाली पेट वा खाना खाएको कम्तीमा ३–४ घण्टापछि मात्र अभ्यास गर्नुहोस् ।
* कम्मर, घाँटी, हर्निया, हालैको शल्यक्रिया, गर्भावस्था, वा गम्भीर मेरुदण्डको समस्या भए प्रशिक्षक वा चिकित्सकको सल्लाह लिनुहोस् ।
* आसनलाई बलपूर्वक नगरी सहज रूपमा अभ्यास गर्नुहोस् ।

बालकदेखि वृद्धसम्म सबैको लागि योग 🕉️
27/07/2026

बालकदेखि वृद्धसम्म सबैको लागि योग 🕉️

30/06/2026

सूक्ष्म व्यायाम 🧘‍♀️🕉️

ढाड कम्मरभन्दा माथिको सूक्ष्म व्यायामले शरीरलाई ठुलो फाइदा गर्छ, यसले मुद्रा सुधार, स्पाइनको सुरक्षा, दैनिक गतिविधि सजिलो बनाउने मात्र होइन, कमर दुखाइ घटाउने र एथलेटिक क्षमता बढाउछ ।

30/06/2026

Set your goals & move forward 🧘‍♀️ with persistent effort success will follow 🕉️♥️

14/02/2026

महिलाहरूका लागि योग किन जरूरी छ ?
🌿 १. शारीरिक स्वास्थ्यका लागी
गृहणीहरू प्रायः बिहानदेखि रातिसम्म निरन्तर काममा व्यस्त हुन्छन् । भान्सा, सरसफाइ, बच्चा, परिवारमा
योगले
• ढाड दुखाइ, घुँडा दुखाइ, घाँटी दुखाइ कम गर्छ
• हर्मोन सन्तुलनमा मद्दत गर्छ
• मोटोपन, थकान र कमजोरी घटाउँछ

🧠 २. मानसिक शान्ति र तनाव मुक्ति
महिलाहरू धेरै कुरा मनमै दबाएर राख्छन् ।
योग र ध्यानले
• तनाव, चिन्ता, रिस कम गर्छ
• नकारात्मक सोच हटाउँछ
• मनलाई हलुका र शान्त बनाउँछ

🌸 ३. आत्मबल र आत्मविश्वास बढाउन
योगले शरीरसँगै आत्मसम्मान पनि मजबुत बनाउँछ।
आफ्नै लागि समय निकाल्न सिकाउँछ
“म पनि महत्त्वपूर्ण छु” भन्ने अनुभूति गराउछ ।

💖 ४. प्रजनन र हर्मोन स्वास्थ्य
महिलाको शरीर चक्रसँग चल्ने भएकाले योग अत्यन्त उपयोगी हुन्छ।
• महिनावारीको समस्या
• थाइराइड, PCOS
• रजोनिवृत्तिको असहजता
कम गरन योग प्रभावकारी हुन्छ।

🌬️ ५. श्वास–प्रश्वास र ऊर्जा सन्तुलन
प्राणायामले
• अक्सिजन आपूर्ति बढाउँछ
• शरीर–मनको ऊर्जा सन्तुलन गर्छ
• दिनभर काम गर्ने शक्ति दिन्छ

🌼 ६. परिवारको स्वास्थ्यमा प्रभाव
स्वस्थ, शान्त र सन्तुलित महिला भनेको
सुखी परिवारको आधार हो।
जब महिला शान्त हुन्छन्, घर, परिवार, उनको कार्यक्षेत्र आफैँ शान्त बन्छ
゚viralシ
Sri News

07/02/2026

बालबालिकालाई योग र ध्यान किन आवश्यक हुन्छ ?
१. मन स्थिर र सन्तुलित बनाउन
२. पढाइमा एकाग्रता बढाउन
३. भावनात्मक बुद्धिमत्ता विकास गर्न
४. शारीरिक विकासका लागि
५. तनाव र डर कम गर्न
६. मोबाइल र स्क्रिन निर्भरता घटाउन
७. संस्कार र अनुशासन विकास गर्न
゚viralシ

01/02/2026

शुभरात्री 🕉️
News

Address

Baglung
Baglung Bazar
33300

Alerts

Be the first to know and let us send you an email when SRI posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category