04/08/2025
Sports for health || स्वास्थ्यको लागि खेलकुद !!
यस हाम्रो पिएस फुटबल एसोसियन अफ नेपालको आयोजनामा हुन लागेको २३ औं ईफुटबल च्याम्पियनसिप अर्थात मोबाईल गेम पिएस (PES) को टुर्नामेण्टको खेलहरु आजबाट सुरु भएको जानकारी गराउदछौं॥
Group Stage #1
ग्रुपको सबै खेल लिग अन्तर्गत सुरु हुनेछ👇🏻
🔇: खेल सक्ने अन्तिम मिती यहि अगष्ट ८ गते मध्यराती १२ बजे सम्म !!
🔕: Last deadline: Aug 08
Midnight: 00:00
(1) टुर्नामेण्ट खेल्नु भन्दा पहिले गेमको सेटिङ् मिलाउदा No.of sub. Intervals अर्थात खेलाडी फेर्ने समय ३ पटक भन्दा बढी राख्न पईने छैन् ।(extra time र penalty off) गर्नु पर्नेछ।
(2) ग्रुपम लिग म्याचमा सबैभन्दा बढी अंक प्राप्त गर्ने पहिलो र दोस्रो विजेता टिमले अगाडी राउणेडमा स्थान बनाउने छ।
(३)रिजल्ट पठाउदा जित्ने टिमले आफ्नो नाम र Opponent को नाम बुझिने गरि स्पष्ट संग लेखेर Home र Awy को रिजल्ट संगै पठाउनु होला।नाम नबुझिने गरि पठाएको खण्डमा अंक दिईने छैन ।
(४) आफ्नो Opponent लाई ग्रुपमा मात्र नभएर Personal म्यासेज गर्नु होला यदि deadline सम्म सम्पर्कमा नआएमा सम्पर्क गर्ने टिमलाई विजय गराईनेछ। तर opponent लाई personal म्यासेज नगरी ग्रुपमा मात्र म्यासेज गरेको खण्डमा भने गेम ड्र हुनेछ।
(५) टुर्नामेण्टको खेल खेल्दा क्लवको ठाँउमा आफ्नो नाम लेख्नु होला ।।
(६)टुर्नामेण्टको लागि पठाएको आईडीमा अरुले Add नगरिदिनु होला ।।
(७)एक खेल जितेमा ३ पोईन्ट र बराबरी भएमा १/१ पोईन्ट अंक बाडिनेछ।
(८) टुर्नामेण्टको अवधीभर कसैले पनि फ्रेण्डली खेलेको अथवा अन्य कुनै पनि अनावश्यक फोटो ग्रुपमा नपठाईदिनुहोला। यदि त्यस्तो पठाएको पाईएमा कडा रुपमा दण्डीत गरिनेछ ।
(९) टुर्नामेण्टको खेल खेल्दा खेल्दै बिचमै रोकिएमा दुई जना विच कुरा मिल्ने गरि खेल्नु होला।यदि कुरा नमिलेको खण्डमा मात्र एडमिनलाई सम्पर्क गर्नु होला॥त्यसपछी एडमिनको नियम लागू हुनेछ ॥यस्तै opponent ले गोल हाने पछि जानी जानी धेरै ब्याक पास मात्र खेलेको संका लागेको खण्डमा मात्र स्क्रिन रेकर्ड गर्नुहोला।यस्तो अवस्थामा दुवै जनालाई राखेर सहमतीमा मिलाईने छ।खेल हो हार जित हुन्छ,खेल हारेमा एकले अर्कालाई आरोप प्रत्याआरोप नलगाउनु होला।खेल हारेमा सहर्ष स्विकार्नु होला,रमाईलोको लागी खेल्नु होला।खेल हारे पछि कसैले पनि ईगोको रुपमा नलिनु होला!
(१०) कुनै पनि खेल खेल्दा आफ्नो Opponent (विरोधी) प्रतिस्पर्धीसंग अथवा दुवैजनालाई पायक पर्ने समयको सहकार्य गरेर खेल्नु होला!! ग्रुपमा सम्पर्क आउन नसकेमा आफ्नो Opponent लाई ईन्बक्समा म्यासेज गरी कुरा पनि गर्नु होला !! ताकि यसरी कुरा गर्दा एक आपसमा भाईचारा, साथीभाईको सम्बन्धमा प्रगाढ पुग्छ भन्नेमा हामी विस्वस्त छौं !!!
नियम.
पुनश्च : सबैजनाले निष्पक्ष तरिकाले खेल्नु होला !! यदि खेल विचमै काटिएको अवस्थामा दुवै टिमको सल्लाहमा खेलको नतिजा निर्धारण गरिन्छ !! यदि खेल खेल्दा कुनै समस्या आएमा एडमिनलाई सम्पर्क गर्नुहोला !! त्यसपछि एडमिनको अन्तिम निर्णय लागु हुनेछ।
नियम.
नोट: म्याच खेल्नु अघि कृपया समय र खेलको अवस्था चेक गरेर मात्र खेल्नु हुन हार्दिक अनुरोध गर्दछौ ।। दुई पटक रिजल्ट नपठाउनु होला ।।लिगमा पुरस्कार जीत्नेले अनिवार्य अर्को टुर्नामेण्टमा सहभागी हुनुपर्नेछ।नभएको खण्डमा पाउने पुरस्कार बाट ५०% कटाएर दिईनेछ ।
🔇खेल जित्न कै लागि खेले पनि खेलमा हार जित भन्ने कुरा स्वभाविक नै हुन्छ,यसर्थ खेलमा हारेर मन खिन्न बनाउन भन्दा पनि यस खेल मार्फत म प्रवासमा रहेर पनि एक्लोपन हुनबाट मुक्त भए,मातृभुमि नेपालका विभिन्न ठाँउका साथीभाईहरु संग सम्बन्ध जोड्न पाए भन्ने कुरामा गर्वका साथ यस टुर्नामेण्ट अर्थात खेललाई मनोरञ्जनको रुपमा लिईदिनुहुन सबैमा हामी विनम्र अनुरोध गर्दछौं।धन्यवाद ।। ⚽️🙏
Pes Football Association Of Nepal Nepal 🇳🇵