01/09/2026
ढाँट सर्टपछि सुर्धिएर कासिब !
रोड टु यूएफसीको सेमिफाइनलमा नेपालका रविन्द्र ढाँटसँग पराजित भएका न्यूजिल्याण्डका कासिब मर्डोकले अन्तत आफ्नो इन्स्ट्राग्रामको बायो चेन्ज गरेका छन् । फाइट अघि नेपालको राजा हुँ भन्दै बायोमा नेपालका झण्डा राखेका थिए । आफू अपराजित फाइटर भएको भन्दै बायोमा उल्लेख गरेका थिए । तर अहिले उक्त बायो चेन्ज गर्दै नेपालको झण्डा हटाएका छन् । करिअर रेकर्ड ८–१ रहेको लेखेका छन् ।