News Release

News Release Only news

ईद–उल–फित्रमा मुख्यमन्त्री आचार्यको शुभकामनाः एकता, सहिष्णुता र समावेशी विकासमा जोडदाङ । इस्लाम धर्मावलम्बीहरूको महान् प...
21/03/2026

ईद–उल–फित्रमा मुख्यमन्त्री आचार्यको शुभकामनाः एकता, सहिष्णुता र समावेशी विकासमा जोड
दाङ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता, सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभएको हो ।
उहाँले नेपालको संविधानले गणतन्त्र, संघीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको उल्लेख गर्दै बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक समाजबीच ‘विविधतामा एकता’को भावना अझ सुदृढ बन्दै गएको बताउनुभएको छ । ईद–उल–फित्रले त्याग, संयम, करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै उहाँले यस पर्वले समाजमा प्रेम, सहयोग र भाइचाराको संस्कार मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति, परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्ने नीति अवलम्बन गर्दै आएको जनाउँदै मुख्यमन्त्री आचार्यले समावेशी विकास र समृद्धिका लागि सबै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पार्नुभएको छ ।

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, विभिन्न विधेयक पारितमसुरिया, ३ चैत — दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभ...
17/03/2026

राप्ती गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न, विभिन्न विधेयक पारित

मसुरिया, ३ चैत — दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन (हिउँदे अधिवेशन) मंगलबार सम्पन्न भएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँसभा/नगरसभाको कार्य सञ्चालन कार्यविधि, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले विभिन्न महत्वपूर्ण विधेयकहरू पारित गरेको छ।

गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव, २०८२ र सोही आर्थिक वर्षको आय–व्ययको संशोधित अनुमान प्रस्तावमाथि छलफल गरी सभाबाट पारित गरिएको छ।

त्यसैगरी, आर्थिक विकास समिति संयोजक गेमे खड्काले पेश गर्नुभएको व्यवसाय दर्ता विधेयक, २०८२ तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीद्वारा प्रस्तुत दलित सशक्तीकरणसम्बन्धी व्यवस्था विधेयक, २०८२ पनि सभाबाट अनुमोदन भएका छन्।

यसैगरी, सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले पेश गर्नुभएको करार सेवा विधेयक, २०८२ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक, २०८२ समेत छलफलपछि पारित गरिएको छ।

सभामा प्रस्तुत सबै विधेयकहरू विस्तृत छलफलपछि गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष प्रकाश विष्टले निर्णयार्थ पेश गर्नुभएको थियो। ती सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका हुन्।

सभाको शून्य समयमा सदस्यहरूले विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विषयहरू उठान गर्दै रचनात्मक सुझावहरू समेत प्रस्तुत गरेका थिए।

अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन र जनताको जीवनस्तर सुधारका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

राप्तीका सिलाई व्यवसायीलाई स्तरवृद्धि तालिमभालुबाङ, १ चैत।दाङको राप्ती गाउँपालिकाले स्थानीय सिलाई व्यवसायीहरूको सीप तथा ...
15/03/2026

राप्तीका सिलाई व्यवसायीलाई स्तरवृद्धि तालिम

भालुबाङ, १ चैत।
दाङको राप्ती गाउँपालिकाले स्थानीय सिलाई व्यवसायीहरूको सीप तथा पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक महिने कटाई सिलाई सम्बन्धी स्तरवृद्धि सीप विकास तालिम सुरु गरेको छ।

तालिमको आइतबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले स्थानीयस्तरमा रहेका सिलाई व्यवसायीहरूको सीपलाई थप परिष्कृत गर्दै स्वरोजगार र आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो।

उहाँले सीपमूलक तालिमले व्यक्तिको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यवसायलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहभागीहरूलाई आग्रह गर्नुभयो।

अध्यक्ष विष्टले “सीपमार्फत व्यवसाय र व्यवसायमार्फत आर्थिक समृद्धि” हासिल गर्ने लक्ष्यका साथ गाउँपालिकाले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि बताउनुभयो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले सीपमूलक तालिमले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न तथा साना व्यवसायलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै तालिमलाई गम्भीरतापूर्वक लिएर सिकेका सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई सुझाव दिनुभयो।

उद्यम विकास शाखा प्रमुख बीनिता चौधरीका अनुसार यसअघि आधारभूत तालिम लिई सिलाई व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई लक्षित गरी स्तरवृद्धि तालिम सञ्चालन गरिएको हो।

तालिममा गाउँपालिकाका विभिन्न वडाबाट ३८ जना महिला सिलाई व्यवसायीहरूको सहभागिता रहेको छ।

तालिम वडा नम्बर ३ मसुरिया र वडा नम्बर ५ सिसहनियाँमा गरी दुई स्थानमा सञ्चालन गरिनेछ।

एक महिनासम्म सञ्चालन हुने उक्त तालिमबाट सहभागीहरूको कटाई सिलाई सम्बन्धी सीपमा थप निखार आउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

तालिम उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण राउत, कार्यपालिका सदस्य रण बहादुर पुजाली,प्रशासन शाखा प्रमुख विकास ज्ञवाली, योजना शाखा प्रमुख अनिल आचार्यलगायतको सहभागिता रहेको थियो।

पर्यटन र पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्यदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आच...
13/03/2026

पर्यटन र पूर्वाधार विकास प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्यदाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन धार्मिक, सांस्कृतिक र खेल पर्यटनलाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ।राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले ऐतिहासिक देविकोट क्षेत्रको विकासका लागि बहुवर्षीय योजनामार्फत सडक पूर्वाधार र मन्दिर जीर्णोद्धारका काम अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।मुख्य हाइलाइटहरू:पूर्वाधार विकास: देविकोट पुग्ने सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउन प्रदेश सरकारले लगानी गर्ने।खेल र पर्यटन: युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोड्न दक्ष खेलाडी उत्पादन र पूर्वाधारमा जोड दिइएको बताउनुभयो।उत्कृष्ट कार्यसम्पादन: गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले राप्ती गाउँपालिकालाई देशकै उत्कृष्ट पालिकाको रूपमा स्थापित गरिरहने संकल्प व्यक्त गर्नुभयो।देविकोट दर्शन दौड: अर्जुन र पूर्णलक्ष्मी प्रथमस्थापना दिवसकै अवसरमा आयोजित 'प्रथम खुला क्रस कन्ट्री दौड' मा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको छ।नतिजा तालिका:स्थानपुरुष विजेतासमयमहिला विजेतासमयप्रथमअर्जुन बुढा (डोल्पा)२५:४४.७पूर्णलक्ष्मी न्यौपाने (कर्णाली)४८:०३.०१द्वितीयचन्द्र रावत (जुम्ला)३४:४१.६कल्पना बुढा (कर्णाली)५०:३९.०३तृतीययुवराज बुढा (जुम्ला)३६:५१.९सन्देवा बुढा (जुम्ला)५२:२४.२पुरस्कार राशी: प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ प्रदान गरियो।

'देवीकोट दर्शन दौड' सुरु: मुख्यमन्त्री आचार्यद्वारा उद्घाटनरामनगर, २९ फागुन | दाङको राप्ती गाउँपालिकाको स्थापना दिवसको अ...
13/03/2026

'देवीकोट दर्शन दौड' सुरु: मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन
रामनगर, २९ फागुन |
दाङको राप्ती गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड २०८२’ प्रतियोगिताको आज भव्य उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहान ८:०५ बजे रिबन काटेर प्रतियोगिताको शुभारम्भ गर्नुभयो।

ऐतिहासिक एवं धार्मिक महत्वको भद्राक्षीदेवी मन्दिर (देवीकोट) क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस दौडमा देशभरका ३१० खेलाडी सहभागी छन्।

प्रतियोगिताका मुख्य अंश:
सहभागिता: पुरुषतर्फ २३३ र महिलातर्फ ७७ गरी जम्मा ३१० खेलाडी (खोटाङदेखि बाजुरा र जुम्लासम्मका)।

दूरी: श्रीनारायण चोक (राप्ती–४) देखि देवीकोट मन्दिरसम्म करिब ८ किलोमिटर।

पुरस्कार: दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद।

उद्देश्य: सतिदेवीको देब्रे घुँडा पतन भएको मानिने पवित्र स्थल 'देवीकोट' को प्रचारप्रसार र आन्तरिक पर्यटन विकास।

गाउँपालिका अध्यक्ष प्रकास विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले खेलकुदका माध्यमबाट स्थानीय पर्यटनलाई विश्वमाझ चिनाउन यस्ता प्रतियोगिताले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

देवीकोट दर्शन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा: तीन सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दैतुलबहादुर कवँर मगर भालुबाङ, २...
12/03/2026

देवीकोट दर्शन दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा: तीन सय बढी खेलाडीले प्रतिस्पर्धा गर्दै

तुलबहादुर कवँर मगर
भालुबाङ, २८ फागुन ।
दाङको राप्ती गाउँपालिकाले गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रव्यापी खुला ‘क्रसकन्ट्री देवीकोट दर्शन दौड’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

प्रतियोगितामा पुरुषतर्फ २ सय ३३ र महिलातर्फ ७७ गरी कुल ३ सय १० खेलाडीले सहभागिताका लागि निवेदन दिएको गाउँपालिकाले जनाएको छ।

प्रतियोगितामा छिमेकी जिल्लासहित पूर्वको खोटाङदेखि पश्चिमका कैलाली, बाजुरा र जुम्लासम्मका खेलाडीहरूले समेत सहभागिता जनाउने भएका छन्।

प्रतियोगिता भोलि फागुन २९ गते बिहान ७ बजे सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

राप्ती गाउँपालिकाले ऐतिहासिक तथा पौराणिक महत्व बोकेको राप्ती गाउँपालिका–९ स्थित भद्राक्षीदेवी मन्दिर (देवीकोट) क्षेत्रको राष्ट्रव्यापी प्रचारप्रसार तथा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।

धार्मिक मान्यताअनुसार उक्त स्थानलाई सतिदेवीको देब्रे घुँडा पतन भएको पवित्र स्थलका रूपमा समेत मानिने गरिएको छ। प्रतियोगिताको दौड मार्ग राप्ती गाउँपालिका–४ स्थित श्रीनारायण चोकदेखि सुरु भई देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरसम्म करिब ८ किलोमिटरको रहनेछ।
प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यता तथा प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशिष्ट आतिथ्यता रहनेछ। साथै प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधि, खेलाडी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहने बताइएको छ।

प्रतियोगिता व्यवस्थित रूपमा सम्पन्न गर्न गाउँपालिकाले आवश्यक पत्राचार, मञ्च निर्माण, अतिथि सत्कार, स्वास्थ्य स्वयंसेवक परिचालन, सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गरिएको जनाएको छ।

गाउँपालिकाले प्रतियोगितामार्फत देवीकोट क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर हुने विश्वास व्यक्त गर्दै खेलाडी, युवावर्ग तथा सरोकारवाला सबैमा उत्साहपूर्ण सहभागिताका लागि आह्वान गरेको छ।

हिमालयन जाभा नेशनल बास्केटबल लिग: आर्मी र गोल्डेनगेटको विजयी सुरुवातकाठमाडौं, फागुन २७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशाल...
11/03/2026

हिमालयन जाभा नेशनल बास्केटबल लिग: आर्मी र गोल्डेनगेटको विजयी सुरुवातकाठमाडौं, फागुन २७ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबारदेखि सुरु भएको ‘हिमालयन जाभा नेसनल बास्केटबल लिग (HJNBL) २०२६’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल क्लबले सुखद सुरुवात गरेका छन्। नेपाल बास्केटबल संघ (नेबा) द्वारा आयोजित यस लिगको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले गर्नुभएको थियो।पहिलो खेल: आर्मीको सानदार प्रदर्शनलिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले केभिसी हाउण्ड्सलाई १०७-७९ को फराकिलो अन्तरले पराजित गर्‍यो। पहिलो संस्करणमा सहभागी नभएको आर्मीले यस पटक छनोट चरण पार गर्दै लिगमा प्रभावशाली पुनरागमन गरेको हो।खेलको स्कोर बोर्ड:पहिलो क्वाटर: २९-१७ (आर्मी)दोस्रो क्वाटर: २४-२२ (आर्मी)तेस्रो क्वाटर: २८-२१ (आर्मी)चौथो क्वाटर: २३-१९ (आर्मी)सेनाका निश्चल महर्जनले सर्वाधिक २७ अंक स्कोर गर्दै खेलको 'मोस्ट भ्यालुएबल प्लेयर' (MVP) घोषित भए।दोस्रो खेल: गोल्डेनगेटद्वारा साविक विजेता पराजितमंगलबारै भएको दोस्रो रोमाञ्चक खेलमा गोल्डेनगेट इन्टरनेसनल क्लबले साविक विजेता टाइम्स इन्टरनेसनल क्लबलाई ९२-७५ ले स्तब्ध बनायो। अघिल्लो संस्करणको फाइनलमा टाइम्ससँग बेहोरेको हारको बदला लिँदै गोल्डेनगेटले यसपटक जितबाट यात्रा सुरु गरेको छ।खेलको मुख्य टर्निङ प्वाइन्ट:टाइम्सले पहिलो क्वाटरमा २५-१८ को अग्रता लिँदै राम्रो सुरुवात गरेको थियो।गोल्डेनगेटले तेस्रो क्वाटरमा ३०-१० को विशाल अग्रता बनाउँदै खेललाई आफ्नो नियन्त्रणमा लियो।गोल्डेनगेटका निकेश मगरले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३७ अंक जोडे र खेलको 'मोस्ट भ्यालुएबल प्लेयर' चुनिए।मुख्य आकर्षणहरू:विधाविवरणआयोजकनेपाल बास्केटबल संघ (नेबा)स्थानदशरथ रंगशाला कभर्डहल, त्रिपुरेश्वरमुख्य स्कोरर (आर्मी)निश्चल महर्जन (२७ अंक)मुख्य स्कोरर (गोल्डेनगेट)निकेश मगर (३७ अंक)

इनक्लाइन स्केटिङ शनिबारकाठमाडौं, फागुन २६ गते ।डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता श...
11/03/2026

इनक्लाइन स्केटिङ शनिबार
काठमाडौं, फागुन २६ गते ।
डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा पुरुष÷महिलातर्फ विभिन्न उमेरसमूहमा करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय तथा सहयोगमा हुन लागेको प्रतियोगिता पाराग्वेमा अक्टोबरमा हुने रोलर डर्बी वल्र्ड स्केटको छनोटका रुपमा समेत रहेको संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले जानकारी दिए ।
अध्यक्ष खनालले शनिबारै वल्र्ड स्केटका लागि राष्ट्रिय टोलीको पनि छुट्टै छनोट प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कुलमा खेलाइने छ ।

फोटो ः

Address

Rapti-2
Ramnagar
24400

Website

Alerts

Be the first to know and let us send you an email when News Release posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category