Ishøj Heroes Volleyball Club

Ishøj Heroes Volleyball Club Kontaktoplysninger, kart og anvisninger, kontaktformular, åbningstider, tjenester, stjerner, fotos, videoer og meddelelser fra Ishøj Heroes Volleyball Club, Sport, Landlyst vænge, Ishøj.

Champions !!!नेपाल भलिबल संघ डेनमार्कद्वारा आयोजित हिजो (May 17, 2026) सम्पन्न भएको NVA Cup 2026 भलिबल प्रतियोगितामा  Is...
18/05/2026

Champions !!!

नेपाल भलिबल संघ डेनमार्कद्वारा आयोजित हिजो (May 17, 2026) सम्पन्न भएको NVA Cup 2026 भलिबल प्रतियोगितामा Ishøj Heroes team बिजेता (Winner) हुन सफल भएकोमा Ishøj Heroes का सम्पूर्ण खेलाडीहरु, एबम खलाडीहरुलाई खेलअवधिभर हौसला दिनुहुने सम्पूर्ण क्लबका शुभचिन्तक हरुलाई धेरै धेरै धन्यबादका साथै हामी सबैलाई धेरै धेरै बधाई छ / साथै यस्तो उत्कृष्ट भलिबल प्रतियोगिता आयोजनाको लागि भबिस्यमा पनि यस्तै आयोजनाको अपेक्षागर्दै आयोजक समिति नेपाल भलिबल संघ डेनमार्क लाइ हामी धेरै धेरै धन्यबाद दिन चाहन्छौ।

17/10/2025

Dance performance by Ishøj Heroes family during prize distribution ceremony of Ishøj Heroes Cup Volleyball Tournament 2025 .

सम्पूर्णमा नमस्कार Ishøj Heroes Volleyball Club  द्वारा यहि October 5 मा आयोजित  Ishøj Heroes Cup volleyball tournament ...
10/10/2025

सम्पूर्णमा नमस्कार
Ishøj Heroes Volleyball Club द्वारा यहि October 5 मा आयोजित Ishøj Heroes Cup volleyball tournament 2025 लाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण खेलाडी, स्वयंसेवक, रेफ्री, अतिथि,सहयोगीदाता तथा प्रायोजक महानुभावहरूलाई क्लबको तर्फबाट मुरी मुरी धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्दछौं।
प्रतियोगितामा सहभागिता जनाएर उत्साह , प्रतिस्पर्धा र खेलभावनाको उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेकोमा सबै १० टोलीका खेलाडीहरु तथा टिम ब्यबस्थापकहरुलाई धेरै धेरै धन्यबाद टक्रयाउदछौ। साथै प्रतियोगितामा प्रथम हुन सफल मोना डेनमार्क र दोश्रो हुन सफल Nepal Volleyball Association Denmark लाइ धेरै धेरै बधाई दिन चाहन्छौ। त्यस्तैगरि व्यक्तिगत विधा अन्तर्गत Best setter को रुपमा घोषित बसन्त छन्त्याल, Best hitter को रुपमा घोषित शिब कुँवर , Best player को रुपमा घोषित बिशाल भण्डारी र Fair Play को व्यक्तिगत उपाधि चुम्न सफल FC Rising Star लाइ पनि धेरै धेरै बधाई दिन चाहन्छौ /
कार्यक्रमका प्रमुख अतिथि इशोय नगरपालिकाका मेयर Merete Amdisen ज्यू प्रति हामी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौं। उहाँको उपस्थितिले कार्यक्रमको गौरव, प्रेरणा र उत्साहलाई अझ वृद्धि गरेको थियो। त्यस्तै गरि Ishøj Kommune Citycouncil का सदस्य Kalbiye Yüksel को उपस्थितिले कार्यक्रम को शोभा बढ्नुको साथै वहाले प्रतियोगिताको लागि गर्नु भएको योगदानको लागि धेरै धेरै धन्यबाद दिन चाहान्छौ।
हाम्रा उदार प्रायोजकहरूलाई हृदय देखि नै विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौ। गैर आवाशीय नेपाली संघ डेनमार्क ले प्रथम पुरस्कार को लागि 3000 DKK प्रायोजन गरिदिनु भएकोमा गैर आवाशीय नेपाली संघका अध्यक्ष निल थापा ज्यु लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यज्युहरु लाइ धेरै धेरै धन्यवाद दिन चाहन्छौ। प्रतियोगिताको दोश्रो पुरस्कार प्रायोजन गरिदिनु भएकोमा Ishøj Apotek लाइ धेरै धेरै धन्यबाद दिन चाहन्छौ र यसकोलागि संयोजन गरिदिनु भएकोमा Kalbiye र प्रशान्त सापकोटा ज्युलाई बिशेष धन्यबाद दिन चाहन्छौ। यसै गरि विभिन्न व्यक्तिगत विधाका पुरस्कार हरुलाई प्रयोजन गरिदिनु हुने København kommune citycouncil member हरि न्यौपाने , JSS Denmark, NMT Group लाइ धेरै धेरै धन्यबाद र NVA Denmark लाइ आर्थिक र प्रतियोगिताको लागि आवशयक पर्ने Sports Equipment कोलागि पनिहार्दिक धन्यवाद दिन चाहन्छौ। साथै यो प्रतियोगितालाई सफलता पार्न हामीलाइ बिस्वास गरेर आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगीदताहरुलाई मनैदेखि नमन र मुरी मुरी धन्यबाद दिन चाहन्छौ। हामीलाइ जहासम्म लाग्छ, हजुरहरुको सहयोग खेर जान दिएको छैन जस्तो लाग्छ।
यसै गरी, प्रतियोगिता सफल बनाउन निःस्वार्थ भावनाले खटिनु भएका रेफ्री मण्डलीका संयोजक बिशाल गुरुङ लगायात सम्पूर्ण रेफ्री मण्डलीका सदस्यहरुलाई धेरै धेरै धन्यबाद सहित हार्दिक आभार अनि अन्य Official को रुपमा खटिनु भएका गुप्त खड्का, Chanakya Gyawali, Charu Gyawali र स्वयंसेवकको रुपमा खटिनु भएका सुरेश पुन नेतृत्वको गैर आवाशीय नेपाली संघ डेनमार्कका सचिब श्री धुर्ब घिमिरे लगायत सम्पूर्ण स्वयम्सेवक टिमका सदस्यहरूलाई पनि धेरै धेरै धन्यबाद सहित गहिरो आभार प्रकट गर्दछौं। टेक्निकल सम्बन्धि हरेक कुराहरुलाई प्रशस्त समय दिएर सहयोग गर्नु भएका राज गुरुङ भाइलाई पनि मुरी मुरी धन्यबाद सहित हार्दिक आभार प्रकट गर्दछौ / तपाईंहरूको समर्पण, समय, र सहयोगबिना यो प्रतियोगिता सम्भव हुने थिएन।

अन्त्यमा, सबै टिमका खेलाडी तथा ब्यबस्थापक, IT सहयोगी, रेफ्रीहरु, प्रायोजकहरु , आर्थिक सहयोगीदाता , आयोजक समितिमा रहेका सम्पूर्ण सदस्यज्युहरु र समर्थकहरूलाई विशेष धन्यवाद, जसको सहभागिता र उत्साहले Ishøj Heroes Cup Volleyball Tournament 2025 लाई एक सफल र अविस्मरणीय खेलकूद कार्यक्रमको रूपमा स्थापित गर्‍यो।
यो हाम्रो पहिलो प्रयाश थियो र हामीले सकेको भरपुर राम्रो प्रतियोगिता गर्न प्रयाश गरेका थियौ। गर्दा गर्दै कतै छिटपुट छुटेको हुन सक्छ , यस्कोलागि माफी याचना गर्दै आउने समय मा सुधार्ने प्रण गर्दछौ। त्यस्तैगरी यो प्रतियोगिताको तयारी अवस्थादेखी अन्तिम चरण सम्म मनै देखि सहयोग गर्नु भएका धेरै महानुभाबहरुको नाम छुटेको हुन सक्छ , वहाहरु सबैलाई एक्मुस्ट धन्यबाद दिन चाहन्छौ /
यसरि नै हामी आगामी दिनहरूमा पनि तपाईंहरूको निरन्तर सहयोग, सहभागिता र साथको अपेक्षा गर्दछौं। धेरै धेरै धन्यबाद /
सधैंको शुभेच्छा सहित,
Ishøj Heroes Volleyball Club Family

07/10/2025

Dance performance by Ishøj heroes family during the Prize Distribution Ceremony of the Ishøj Heroes Cup Volleyball Tournament 2025 organized by Ishøj Heroes Volleyball club .

07/10/2025

Prize Distribution Ceremony of the Ishøj Heroes Cup Volleyball Tournament 2025 organized by Ishøj Heroes Volleyball Club, with prizes distributed by Merete Amdisen , mayor of Ishøj Kommune.

07/10/2025

Dance performance by Ishøj Heroes family during the Prize Distribution Ceremony of the Ishøj Heroes Cup Volleyball Tournament 2025 organized by Ishøj Heroes Volleyball Club.

Ishøj heroes cup Volleyball tournament 2025 मा कैद गरिएका केहि फोटोहरु।
07/10/2025

Ishøj heroes cup Volleyball tournament 2025 मा कैद गरिएका केहि फोटोहरु।

Adresse

Landlyst Vænge
Ishøj
2635

Telefon

+4591735415

Internet side

Underretninger

Vær den første til at vide, og lad os sende dig en email, når Ishøj Heroes Volleyball Club sender nyheder og tilbud. Din e-mail-adresse vil ikke blive brugt til andre formål, og du kan til enhver tid afmelde dig.

Kontakt Virksomheden

Send en besked til Ishøj Heroes Volleyball Club:

Genveje

Del

Type