20/10/2025
सम्पूर्ण देश-विदेशमा रहनुहुने आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा,
जर्मनीको NFT Weingarten नेपाली टिमको तर्फबाट तपाईंहरू सबैमा दीपावली (तिहार) २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पर्वले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि, र उत्साह को ज्योति फैलाओस्। सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली भनेझैँ, विदेशमा रहेर पनि हाम्रो नेपाली संस्कृति र नेपालीपन सधैँ अटल रहोस् भन्ने कामना गर्दछौँ।
जहाँ रहे पनि, तिहारको यो उज्यालोले हाम्रो एकात र प्रेम लाई जोडी राखोस्।
दिदी-भाइको अटल प्रेम, देउसी-भैलोको रमाइलो, अनि झिलिमिली बत्ती को यो पर्व तपाईंहरूको जीवनमा खुसी लिएर आओस्।
सुखद, शान्त, र समृद्ध तिहारको पुन: शुभकामना!
NFT Weingarten Team