05/31/2026
We would like to express our sincere gratitude to everyone who helped make the Buddha Jayanti Cup 2026 a grand success—Our Sponsors, Players, Supporters, Spectators, Volunteers, and all the Members of the Buddha Sports & Cultural Club. Your dedication, encouragement, and unwavering support made this event possible.
We extend our special appreciation to our Title Sponsor, MOMO2GO, and our Platinum Sponsors, Himalayan Dental, Pokharel Law, and Mantra Toronto, for their generous support and commitment to our community. We would also like to thank Himalayan Dynamos Club for providing equipment and valuable assistance throughout the tournament.
The Buddha Jayanti Cup, held here in Canada, was a meaningful celebration of Buddha Jayanti, honoring the teachings and legacy of Lord Buddha, who was born in our homeland, Nepal. We are truly grateful for the support we received and hope to continue this tradition together for many years to come.
Congratulations to Daju Bhai FC for becoming the Champions of Buddha Jayanti Cup 2026, and to Buddha FC A for securing the Runner-Up position. We are incredibly proud of all the players for demonstrating outstanding sportsmanship, dedication, teamwork, and respect throughout the tournament.
Once again, thank you to everyone who contributed to the success of this event. We look forward to welcoming you all next year for an even bigger and better Buddha Jayanti Cup 2027.
Thank you all for your support.
🙏🙏🙏
Buddha Sports & Cultural Club.
हार्दिक धन्यवाद – बुद्ध जयन्ती कप २०२६
बुद्ध जयन्ती कप २०२६ लाई भव्य तथा सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजकहरू, खेलाडीहरू, समर्थकहरू, दर्शकहरू, स्वयंसेवकहरू तथा बुद्ध स्पोर्ट्स एण्ड कल्चरल क्लब का सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको समर्पण, हौसला र निरन्तर सहयोगकै कारण यो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सम्भव भयो।
हाम्रा टाइटल स्पोन्सर MOMO2GO, तथा प्लाटिनम स्पोन्सरहरू Himalayan Dental, Pokharel Law र Mantra Toronto प्रति विशेष आभार व्यक्त गर्दछौं। साथै प्रतियोगिता अवधिभर आवश्यक खेल सामग्री तथा महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएको Himalayan Dynamos Club लाई पनि विशेष धन्यवाद दिन चाहन्छौं।
क्यानडामा आयोजना गरिएको यो बुद्ध जयन्ती कप भगवान बुद्धको जन्मजयन्तीको अवसरमा गरिएको एक अर्थपूर्ण उत्सव थियो। भगवान बुद्ध हाम्रो जन्मभूमि नेपाल मा जन्मनुभएको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै आयोजना गरिएको यस कार्यक्रममा प्राप्त साथ, सहयोग र सहभागिताप्रति हामी अत्यन्तै कृतज्ञ छौं। आगामी वर्षहरूमा पनि यस्तै साथ र सहयोग प्राप्त हुने विश्वास लिएका छौं।
Daju Bhai FC लाई बुद्ध जयन्ती कप २०२६ को विजेता (Champion) बन्न सफल भएकोमा हार्दिक बधाई तथा Buddha FC A लाई उपविजेता (Runner-Up) बन्न सफल भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछौं। प्रतियोगिताभर उत्कृष्ट खेल भावना, समर्पण, अनुशासन र टिमवर्क प्रदर्शन गर्नुहुने सम्पूर्ण खेलाडीहरूप्रति हामी गर्व गर्दछौं।
पुनः एकपटक सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। आगामी वर्ष अझ भव्य, व्यवस्थित र सफल बुद्ध जयन्ती कप २०२७ मा पुनः भेट्ने अपेक्षासहित।
तपाईंहरूको साथ, सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद।
🙏🙏🙏
(बुद्ध स्पोर्ट्स एण्ड कल्चरल क्लब)