27/08/2026
🇳🇵 नेपालका लागि हाम्रो सानो सहयोग, ठूलो आशा 🙏
नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिले हामी विदेशमा रहेका नेपालीहरूको मन पनि अत्यन्तै दुखेको छ। यस्तो दुःखद् परिस्थितिमा देश र परिवारबाट टाढा रहे पनि हाम्रो मन भने नेपालमै छ। ❤️
त्यसैले विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमताअनुसार सकेको सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ। 🙏
सानो होस् वा ठूलो—तपाईंको प्रत्येक सहयोगले विपद्मा परेका परिवारहरूको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ। ❤️🇳🇵