30/10/2026
सुचना सुचना सुचना !
GORKHALI FC
U.A.E. | Since 2017
Proud to be GORKHALI
मिति: १८ अक्टोबर २०२६
विषय: क्लबको नयाँ नेतृत्व सम्बन्धी जानकारी l
यु.ए.ई.मा स्थापित सम्पूर्ण क्लबहरू, खेलप्रेमी तथा शुभचिन्तक साथीभाइहरूमा, गोर्खाली एफसीको तर्फबाट हार्दिक नमस्कार!
हाम्रो क्लबका अध्यक्ष श्री सन्तोष सुब्बाज्यूको कार्यकाल सम्पन्न भएकाले क्लबको नयाँ नेतृत्वको जिम्मेवारी श्री प्रेम बहादुर शाही ज्यूलाई सुम्पिने निर्णय गरिएको छ भनी सबैमा जानकारी गराउन चाहन्छौं।
श्री सन्तोष सुब्बाज्यूले क्लबलाई दिनुभएको कुशल नेतृत्व, मार्गदर्शन र योगदानप्रति गोर्खाली एफसी परिवार सदैव आभारी रहनेछ। उहाँले देखाउनुभएको बाटो र छोड़नुभएको योगदानको हामी सघैं उच्च सम्मान गर्नेछौं।
साथै, नयाँ नेतृत्व सम्हाल्नुहुने श्री प्रेम बहादुर शाही ज्यूलाई उहाँको कार्यकाल सफल, उपलब्धिमूलक र यादगार रहोस भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं। हामी सबै उहॉको नेतृत्वमा क्लबलाई अझ उचाइमा पुयाउन एकजुट भएर लाग्नेछौं।
सम्पूर्ण क्लब, खेलाडी, खेलप्रेमी तथा साथीभाइहरुबाट अहिलेसम्म पाएको सहयोग र माया आगामी दिनमा पनि यथावत रहने अपेक्षा गर्दछौं।
धन्यवाद!
Proud to be GORKHALI
भवदीय,
गोर्खाली एफसी परिवार
यु.ए.ई.