04/09/2026
Keep on checking WicketNepal.com for further Updates and of GCD Group presents Nepalese Premier League of UAE Powered by Al Fardan Exchange.
Official Press Meet on September 3, 2026
यूएईमा नेपाली क्रिकेट समुदायलाई एकजुट गर्ने उद्देश्यसहित Nepalese Premier League of UAE (NPL UAE) Season 1 आयोजना हुने भएको छ। प्रतियोगिता सेप्टेम्बर ५, १२, १९ र २६ मा Farhan Cricket Ground, Al Bataeh, Sharjah मा हुनेछ।
प्रतियोगितामा Nepalese Cricket Club (NCC-Hard Hitters), GCD Gorkhali Rhinos, Everest Warriors Abu Dhabi र Nepal Titans गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुल ७ खेल हुने प्रतियोगितामा ६ लिग खेलपछि सेप्टेम्बर २६ मा ग्रान्ड फिनाले हुनेछ।
नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले प्रत्येक खेलको प्लेइङ–११ मा कम्तीमा ९ नेपाली खेलाडी अनिवार्य गरिएको छ भने अधिकतम ३ विदेशी खेलाडीले खेल्न पाउनेछन्।
प्रतियोगिताको विजेताले ५ हजार यूएई दिराम तथा उपविजेताले २ हजार यूएई दिराम पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीहरूलाई म्यान अफ द म्याच, उत्कृष्ट ब्याटर, बलर, फिल्डर तथा म्यान अफ द टुर्नामेन्टलगायतका अवार्ड प्रदान गरिनेछ।
दर्शकका लागि Bur Dubai, Al Quoz र Sonapur बाट मैदानसम्म निःशुल्क बस सेवा समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।
GCD Group of Companies प्रतियोगिताको टाइटल स्पोन्सर तथा Al Fardan Exchange प्लेटिनम स्पोन्सर रहेका छन्।
“नेपाली क्रिकेटलाई एकताबद्ध गर्दै, प्रतिभाको उत्सव मनाउँदै र भविष्य निर्माण गर्दै” भन्ने उद्देश्यसहित आयोजना हुने NPL UAE ले यूएईमा नेपाली क्रिकेटको विकास र नयाँ प्रतिभालाई अवसर दिने लक्ष्य राखेको प्रतियोगिताका फाउन्डर तथा निर्देशक दिपांकार डंगोलले जानकारी गराए।